अल्टोको २० वर्षे सफलता : ४० लाख भन्दा बढी बिक्री

अक्टोबर १३ मारुती सुजुकीको लागि निकै नै महत्वपूर्ण दिन हो । सन् २००० अक्टोबर १३ का दिन सो कार लन्च भएको थियो ।

हाल मारुती सुजुकी इन्डियाको इन्ट्रि लेवल कार मारुती सुजुकी अल्टोले ४० लाख भन्दा बढी युनिट बिक्री गरेको रेकर्ड राखेको छ । भारतमा सो कार सन् २००० मा पहिलो पटक लन्च गरिएको थियो । बीस वर्षको अन्तरालमा कम्पनीले ४० लाख भन्दा बढी कार बिक्री गर्न सफल भएको छ ।

अल्टो पहिलो पटक सन् २००० मा लन्च गरिएको थियो र सन् २००४ मा यो भारतको सबैभन्दा धेरै बिक्री हुने (बेस्ट सेलिङ) कार बन्न सफल भएको थियो ।

भारतीय बजारमा अल्टो कार निकै लोकप्रिय कार हो । आर्थिक वर्ष २०१९/२० मा पहिलो कारको रुपमा अल्टोलाई प्रयोग गर्ने ग्राहक ७६ प्रतिशत थिए । हाल यसको आँकडा बढेर ८४ प्रतिशत पुगेको छ ।

मारुतीले २००८ मा १० लाख अल्टो बिक्री गरेको थियो । सन् २०१२ सम्म सो कार २० लाख युनिट बिक्री भएको थियो । सो कारले २०१६ मा ३० लाख युनिट बिक्री गरेको आँकडा पार गरेको थियो ।

हालै यो वर्षको अगस्तमा अल्टोले ४० लाख बिक्री भएको माइलस्टोन पार गरेको हो । सिटी कारको रुपमा परिचित अल्टोले हाल प्रत्येक वर्ष धेरै बिक्री हुने कारको पहिचान कायम गरेको छ ।

कम्पनीले अल्टो कार हाल ४० भन्दा बढी देशमा निर्यात गर्छ । यसमा ल्याटिन अमेरिका, अफ्रिका र दक्षिण एशिया जस्ता देश समावेश रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...