२०२४ हुन्डाई क्रेटा फेसलिफ्ट : के छ अपडेट ?
हुन्डाई मोटर इन्डियाले २०२४ हुन्डाई क्रेटा लन्च गरेको छ । नयाँ क्रेटाको...
हुन्डाई मोटर्स मारुती सुजुकी पछि भारतको दोस्रो ठुलो कार उत्पादक कम्पनी हो तर नाफा कमाउने हिसाबले कम्पनीले मारुती सुजुकीलाई पछि पारेको छ ।
चालु वर्षको पहिलो नौ महिनामा हुन्डाईले प्रति कार बिक्री गरी मारुती सुजुकीको तुलनामा २५ प्रतिशत बढी नाफा कमाएको छ । यस अवधिमा मारुती सुजुकीले एउटा कारको बिक्रीबाट कुल ६० हजार १५० भारु नाफा कमाएको छ । भारतको तेस्रो ठूलो कार निर्माता टाटा मोटर्सले आफ्नो प्यासेन्जर भेइकल डिभिजनको कुल नाफाबारे जानकारी नदिए पनि करअघिको नाफा प्रति कार २१ हजार ३ सय भारु रहेको कम्पनीले जनाएको छ ।
भारतमा ह्याचब्याक कारको सबैभन्दा ठुलो उत्पादक मध्ये एक हुन्डाई अहिले मुख्य रूपमा स्पोर्ट्स युटिलिटी भेइकल उत्पादन गरिरहेको छ। अब कम्पनीको सबैभन्दा बढी बिक्री हुने कार ह्याचब्याक नभई एसयूभी हो । अहिले कम्पनीले ग्राण्ड आई१० निओस र आई२० नामक दुई ह्याचब्याक मोडल मात्रै बिक्री गरिरहेको छ । हुन्डाईले बिक्री गरेको कारको औसत मूल्य ८ लाख ९२ हजार भारु, मारुतीको ६ लाख ३३ हजार र टाटाको ९ लाख ७ हजार भारु छ ।
हुन्डाई मोटर इन्डियाले भारतीय शेयर बजारमा आईपीओ पनि ल्याउने तयारी गरिरहेको छ । हुन्डाईले भारतीय बजारमा १४ करोड २० लाख इक्विटी शेयर जारी गर्न सक्नेछ, जसमार्फत कम्पनीले २.५ देखि ३ अर्ब डलरको रकम उठाउनेछ । मारुती सुजुकीपछि हुन्डाई मोटर इन्डियाको यो सबैभन्दा ठूलो आईपीओ हुनेछ ।
हुन्डाईले भारतीय बजारमा ४ वटा इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले यस आर्थिक वर्षको अन्तिम क्वाटरमा क्रेटा ईभी लन्च गर्नेछ । हाल, हुन्डाईले भारतीय बजारमा आयोनिक ५ र कोना इलेक्ट्रिक कार बिक्री गरिरहेको छ ।
हुन्डाई मोटर इन्डियाले २०२४ हुन्डाई क्रेटा लन्च गरेको छ । नयाँ क्रेटाको...
२०७९ सालमा उद्योग-व्यवसायको क्षेत्रमा केही सकारात्मक काम भएसँगै केही...
काठमाडौं– नेपाल आयल निगमको सहायतामा नेपालमा पहिलोपटक हाइड्रोजन कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...