नयाँ रङ र स्पोर्टी लुक्समा आयो सुजुकी जिक्सर, मूल्य कति ?
काठमाडौँ–सुजुकीले युवा पुस्तामाझ निकै लोकप्रिय मानिएको आफ्नो जिक्सर...
मारुती सुजुकीले चाँडै नै आफ्नो कम्प्याक्ट क्रसओभर फ्रङ्क्सको फेसलिफ्ट मोडल लन्च गर्ने तयारी गरिरहेको छ, जसमा नयाँ बलियो हाइब्रिड प्रविधि पनि देख्न सकिनेछ । सो नयाँ एसयूभीले प्रतिलिटर ३५ किलोमिटरभन्दा बढीको माइलेज दिने कम्पनीको दाबी छ ।
मारुती सुजुकीसँग हाल ग्रान्ड भिटारा, इन्भिक्टो र भिक्टोरिस जस्ता बलियो हाइब्रिड गाडीहरू छन् । सो गाडीहरुमा टोयोटाको १.५ लिटर इन्जिन जडान गरिएको छ । तर अब कम्पनीले आफ्नो मास-मार्केट कारहरूका लागि तुलनात्मक रुपमा कम लागतमा उत्पादन गर्क सकिने इन हाउस हाइब्रिड पावरट्रेन विकास गरिरहेको छ।
रिपोर्टका अनुसार नयाँ मारुतीको नयाँ हाइब्रिड नयाँ १.२ लिटर ३ सिलिन्डर जेड सिरिज पेट्रोल इन्जिनमा आधारित हुनेछ।सो सिस्टमले फ्रङ्क्सको इन्धन दक्षता ३५ किलोमिटर प्रतिलिटरभन्दा माथि पुर्याउन सक्ने दाबी गरिएको छ । यद्यपि कम्पनीले हालसम्म यसको आधिकारिक माइलेज वा पूर्ण प्राविधिक विवरण सार्वजनिक गरिसकेको छैन। यो प्रविधि आगामी वर्षहरूमा बलेनो, अर्को पुस्ताको स्विफ्ट, ब्रेजा र नयाँ सब-४ मिटर एमपीभीहरूमा पनि समावेश गर्न सकिन्छ।
फ्रङ्क्स फेसलिफ्टमा हाइब्रिड प्रविधिसँगै सेफ्टी फिचरमा पनि ठुलो सुधार हुने अपेक्षा गरिएको छ। रिपोर्टका अनुसार नयाँ मोडलमा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध हुन सक्ने अनुमान गरिएको छ। यसमा अडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, फ्रन्ट कोलिजन वार्निङ र लेन किप असिस्टजस्ता सेफ्टी फिचर समावेश हुनेछ ।
नयाँ फ्रङ्क्स फेसलिफ्टको एक्सटेरियर डिजाइन हालको पेट्रोल, सीएनजी संस्करणहरूसँग लगभग मिल्दोजुल्दो रहनेछ, जसमा स्प्लिट हेडलाइट, १७ इन्च मल्टी स्पोक अलोय ह्विल र स्पोर्टी फ्रन्ट रियर बम्परहरू समावेश छ । फ्रङ्क्स फेसलिफ्टको लन्चिङपछि भारतीय बजारमा यसले टाटा मोटर्स, हुन्डाई, महिन्द्रा, टोयोटा र किया जस्ता कम्पनीहरूलाई प्रतिस्पर्धामा समेत थप तीव्र बनाउन सक्ने अपेक्षा गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...