नेपालमै पहिलो पटक मोटर स्पोर्ट्स एकेडेमीको शुरुवात, मार्शल तालिम सम्पन्न

काठमाडौं – नेपालमा मोटर तथा मोटरसाइक्लिङ स्पोर्ट्सको क्षेत्रमा विगत एक दशक भन्दा बढी समय देखि क्रियाशील, नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) द्वारा धुलिखेलस्थित हिमालयन मोटरल्याण्डमा मोटर स्पोर्ट्स एकेडेमीको शुरुवात भएको छ । नासाद्वारा शुरु गरिएको उक्त एकेडेमी अल्टिमेट हिमालयन मोटरल्याण्डको इभेन्ट पार्टनरको रुपमा रहेको छ भने धुलिखेल नगरपालिकाको सहयोग रहनेछ ।

हिजो असार २६ गते मोटरल्याण्डमा आयोजित एक कार्यक्रमका बीच धुलिखेल नगर प्रमुख अशोक कुमार ब्यन्जु श्रेष्ठले सो एकेडेमीको उद्घाटन गरे ।

नासा नेपालका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका संयोजक समेत रहेका नासा नेपालका उपाध्यक्ष अनिल कुमार बरालले यसबाट नेपालमा मोटर स्पोर्ट्सको क्षेत्रमा नयाँ आयाम थपिनेमा पूर्ण विश्वास व्यक्त गर्दै नासा नेपालले मोटर स्पोर्ट्सको क्षेत्रमा विगत १० वर्ष देखि गरिरहेको संघर्षमा यो एउटा ठुलो उपलब्धि अनि फड्को हुने बताए ।

सो एकेडेमीले ड्राइभर/राइडर तयार, खेल लाइसेन्स वितरण, गर्ल अन द ट्रयाक लगायतको अभियानहरुलाई वार्षिक कार्यक्रम बनाई अघि बढ्ने उपाध्यक्ष बरालले जानकारी गराए ।

नासा नेपालका सदस्य तथा अल्टिमेट हिमालयन मोटरल्याण्डका प्रबन्ध निर्देशक दिप्रश शाक्यले कोरोनाले शिथिल पारेको उक्त मोटरल्याण्ड छिट्टै नै विभिन्न प्रदेश तथा राष्ट्रियस्तरका खेल कार्यक्रमका साथ अघि बढ्ने बताए ।

कार्यक्रममा नासाका सचिव निरज खड्काले नगरपालिकाबाट हालसम्म प्राप्त साथ र सहयोगको लागि धन्यबाद दिदै आगामी दिनमा समेत हातेमालो गर्दै धुलिखेललाई खेल पर्यटनको हब बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा अतिथिको रुपमा उपस्थित नासा नेपालका संस्थापक महासचिव गोविन्द भट्टराईले खेल तथा खेलाडी र भोलिन्टियरबीचको सम्बन्ध, खेल तथा खेलाडी ब्राण्डिङको महत्व बारे प्रकाश पर्दै राखेपको तर्फबाट यस किसिमका साहसिक तथा पर्यटकीय खेललाई सदैव साथ, सहयोग र समर्थन रहने जनाए ।

काठमाडौं इन्जिनियरिङ कलेज, धुलिखेल सन्जिवनी कलेज, काठमाडौँ विश्वविद्यालय लगायत अन्य कलेजहरुबाट कुल २०० जनालाई तालिम दिने लक्ष्य लिइएको त्यस कार्यक्रममा कलेजका तर्फबाट प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको दोश्रो चरणमा, काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रे लगायतका जिल्लाहरुबाट कार्यक्रममा सहभागी कुल ४० जनालाई मार्शल तालिम समेत दिइयो, जसमा इन्जिनियर सशील तण्डुकार तथा उनको टिमले मार्शलिङका लागि चाहिने आधारभूत ज्ञान बारे प्रस्तुतिकरण गरेको थियो धुलिखेल हस्पिटलको तर्फबाट कार्यक्रममा उपस्थित डा. श्रेया श्रेष्ठ, तथा उनको टिमले आपतकालीन उद्धार गर्ने बारे जानकारी गराएको थियो ।

सम्बन्धित समाचारहरू

नेपाल अटो जिमखाना च्याम्पियनसिपमा प्रथम बने आशिष

नेपाल अटो जिमखाना च्याम्पियनसिपमा प्रथम बने आशिष

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) बागमती प्रदेश संघद्वारा आयोजित...

भरतपुर फ्ल्याट ट्रयाक २०८० का विजेता बने दिपेश

भरतपुर फ्ल्याट ट्रयाक २०८० का विजेता बने दिपेश

चितवन – चितवनको भरतपुरमा सम्पन्न भरतपुर फ्ल्याट ट्रयाक २०८० का विजेता...

सडक सुरक्षा सम्बन्धी राष्ट्रिय युवा सम्मेलन हुने, यस्तो छ कार्यक्रम र यसको महत्व

सडक सुरक्षा सम्बन्धी राष्ट्रिय युवा सम्मेलन हुने, यस्तो छ कार्यक्रम र यसको महत्व

काठमाडौं – नेसनल युथ कन्फ्रेन्स फर सेफ एन्ड सस्टेनेवल मोबिलिटी सम्बन्धी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...