बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
मलेशियाली चर्चित अटोमोबाइल कम्पनी प्रोटोन नेपाल भित्रिने भएको छ । शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले प्रोटोन नेपाल भित्र्याउन लागेको हो ।
प्रोटोन छोटो समयमा नै संसारभर आफ्नो प्रभाव छोड्न सफल भएको छ । हाल यस कम्पनीका गाडीहरु संसारका बढी भन्दा मुलुकहरुमा उपलब्ध भैसकेका छन् र अन्य मुलुकहरुमा पनि विस्तारै उपलब्ध हुने क्रममा रहेका छन् । सोहिलाई निरन्तरता दिदैं चाडैं नै प्रोटोनले नेपालमा पनि आफ्नो चर्चित तथा संसारभर अत्याधिक विक्री भएको मोडल प्रोटोन सागा नेपालका सडकहरुमा ल्याउन लागिरहेको छ । उक्त गाडि प्रोटोनको ईतिहास पल्टाएर हेर्ने हो भने यसले आफ्नो पहिलो कार सन् १९८५मा प्रोटोन सागाकै रुपमा बजारमा ल्याएको थियो । यो त प्रोटोनको लागि एउटा सुरुवात मात्र थियो जसपश्चात उसले समयसंगै अन्य विभिन्न मोडलहरु ःसन् १९९२मा प्रोटोन सागा इसवारा, सन् १९९३मा प्रोटोन विरा, १९९४मा प्रोटोन सट्रिया, प्रोटोन पुत्र कोप बजारमा आएका थिए । जसका पछिल्ला २ संस्करणहरु मध्य पूर्व एसिया र युरोप तिर अत्याधिक मात्रामा विक्री हुन सफल भएका थिए ।
सन् २०१८ प्रोटोनको लागि विशेष रहन गयो, किनकि प्रोटोनले यहि साल प्रोटोन एक्स७० नामक आफ्नो प्रथम एसयूभी बजारमा ल्याएको थियो । जुन मलेशियामा मात्र नभएर विश्व अटो बजारमा नै निकै रुचाइएको थियो । यसैगरी २०२०मा प्रोटोन एक्स५० मोडलको अर्को एसयूभी हालसालै मात्र बजारमा ल्याएको छ । जसलाइ २०२०का उत्कृष्ट मध्येको एक मानिएको छ । यि दुइ गाडी बाहेक प्रोटोनका सागा, प्रसोना, प्रडोना, सोरा र आईरिज गरेर पाँच प्रकारहरु अहिले पनि विश्व बजारमा अत्याधिक रुचाइएका छन् ।
प्रोटोनको बजारको कुरा गर्नु पर्दा यसको मुख्य बजार स्वयम् मलेशिया र बेलायत रहेता पनि हाल ७० भन्दा ज्यादा मुलुकमा यसको बिक्री वितरण भइरहेको । र, बढ्दो क्रममा छ । उत्तर अमेरिका, युरोप, चाइना र दक्षिण पुर्वी एसियामा गरेर ९वटा रिसर्च र डेभ्लोप्मेन्ट सेन्टर्स र ९वटै डिजाइन सेन्टर्स रहेको प्रोटोनको मुख्य प्लान्ट भने मलेशियाको तान्जुङ् मलिम शहरमा रहेको छ । १२८० एकरमा फैलिएको यो विशाल प्लान्ट, हरेक दृष्टिकोणले अत्यन्त आधुनिक र सुविधा सम्पन्न रहेको छ । जहाँ रिसर्च र डेभ्लोप्मेन्ट् सेन्टर, भेन्डर पार्क, सहरी क्षेत्र र एउटा विश्वविद्यालयको रहेको छ ।
प्रोटोन प्रविधिको क्षेत्रमा पनि एकदमै अघि रहेको छ र यसले निर्माण गरेका प्रत्येक गाडीहरुमा पछिल्लो अन्तराष्ट्रिय प्रविधिको समिश्रण भएको पाउन सकिन्छ । गिली होल्डिंग र भोल्भो संगको सहकार्य पश्चात अझ नविनतम अन्तराष्ट्रिय प्रविधिलाई अंगाल्दै यसले आफ्नो मूल मान्यताहरुलाई अघि बढाएको छ । अरु ठुला ठुला कम्पनी संग प्रतिस्पर्धामा रहिरहन पनि प्रोटोनले प्रविधिको खोज तथा अनुसन्धानमा अबैं रूपैया खर्चेको छ। अत्याधुनिक सुविधाहरू र नवीन उत्पादनहरू बजारमा ल्याउन प्रोटोनले डिजाइन र ईन्जिनियरिङ्मा नयाँ प्रविधिको निरन्तर प्रयोग गर्दै आइरहेको छ । जसमार्फत उसले आफ्ना विश्वव्यापी रहेका ग्राहकहरुलाई सहज, सुरक्षित, आरामदायी र गतिशील यात्रा तर्फ अग्रसर गराइरहेको छ । ३५ वर्षबाट उच्चस्तरिय र शान्दार गाडीहरु उत्पादन गर्दै आइरहेको प्रोटोनले हालसम्म २७ ओटा मोडल उत्पादन गरिसकेको छ भने यसका संसारभर ४.४ मिलियन भन्दा बढि ग्राहक छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...