कम बजेटको कारलाई पनि बनाउनुहोस् हाईटेक, स्मार्टफोनबाटै सम्भव छ आधुनिक ड्राइभिङ अनुभव

पुराना तथा कम बजेटका कारहरुमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध हुँदैन । तर आधुनिक तथा लग्जरी कारमा भने यस्ता प्रविधिको प्रयोग हुन थालेको छ । यद्यपि कम बजेटका कारमा टचस्क्रिन नभएको भन्दै प्रयोग गर्नबाट वञ्चित हुनुपर्दैन । एउटा स्मार्टफोन र केही सामान्य उपकरणको सहयोगमा कारलाई सहजै स्मार्ट बनाउन सकिन्छ।

यसका लागि सबैभन्दा पहिले राम्रो गुणस्तरको मोबाइल होल्डर वा ड्यासबोर्ड माउन्ट प्रयोग गर्नुपर्छ। मोबाइललाई ड्यासबोर्ड वा एसी भेन्टमा सुरक्षित रूपमा जडान गर्दा ड्राइभिङका क्रममा स्क्रिन सजिलै हेर्न सकिन्छ। यसले फोन हातमा लिनुपर्ने आवश्यकता हटाउँछ र सुरक्षामा पनि मद्दत पुर्‍याउँछ। लामो यात्राका क्रममा मोबाइलको ब्याट्री सकिन नदिन गाडीमा फास्ट चार्जर वा पावर बैंक राख्नु उपयुक्त हुन्छ।

स्मार्टफोनलाई नेभिगेसन उपकरणका रूपमा पनि प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ। गुगल म्याप्सजस्ता एपहरूले वास्तविक समयको ट्राफिक जानकारी, वैकल्पिक मार्ग र सही दिशा–निर्देश उपलब्ध गराउँछ । स्मार्टफोनमा रहेका म्याप्स नियमित रूपमा अपडेट हुने भएकाले गाडीका बिल्ट इन सिस्टमभन्दा बढी उपयोगी मानिन्छ ।

अडियो सिस्टमका लागि ब्लुटुथ वा एयूएक्समार्फत मोबाइललाई कारको अडियो सिस्टमसँग जडान गरेर म्युजिक, पोडकास्ट वा अन्य अडियो सामग्री सुन्न सकिन्छ। ड्राइभिङका क्रममा फोन समातेर कुरा गर्नु दुर्घटनाको कारण बन्न सक्छ। तर स्पिकर मोड वा कारको ब्लुटुथ सिस्टममार्फत सुरक्षित रूपमा फोन कल गर्न सकिन्छ।

आजका अधिकांश स्मार्टफोनमा गुगल असिस्टेन, सिरी र अन्य भ्वाइस असिस्ट सुविधा उपलब्ध हुन्छ ।  यी सुविधाको प्रयोग गरेर चालकले स्क्रिन नछोईकनै फोन कल गर्न, सन्देश पठाउन, संगीत परिवर्तन गर्न वा नेभिगेसन स्टार्ट गर्न सक्छन्। साथै भ्वाइस कन्ट्रोल प्रयोगले ड्राइभिङलाई अझ सहज बनाउँछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...