जोन अब्राहमको ग्यारेजमा थपियो नयाँ महिन्द्रा थार रक्स ब्ल्याक एडिसन
चर्चित बलिउड अभिनेता जोन अब्राहमले महिन्द्राको नयाँ थार रक्स ब्ल्याक...
काठमाडौं – नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०२३’ बिहीबारदेखि काठमाडौंमा सुरू भएको छ।
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सुरू भएको चेम्बर एक्स्पोको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरे।
सो क्रममा मन्त्री भण्डारीले श्रम बजार व्यवस्थित र सुरक्षित रहन नसके उद्योगहरू विकास हुन नसक्ने बताए।
प्रदर्शनीमा अटोमोबाइल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सामान, फर्निसिङका सामान, घराययी उपकरण, कपडा, मोबाइल, जलविद्युत्, हस्तकला, छाला तथा जुत्ता, कस्मेटिक सामान, जडिबुटी, आयुर्वेद तथा विभिन्न रैथाने खाद्यान्न बिक्रीका लागि राखिएका छन्।
प्रदर्शनीमा महिन्द्राले हालै नेपाली बजारमा उपलब्ध गराएको नयाँ कार एक्सयूभी ३०० का साथै अन्य सवारी साधन र येज्दीका तीन मोडलका मोटरसाइकल राखिएका छन् ।

नेपाली बजारमा हालै भित्रिएका महिन्द्रा एक्सयूभी र येज्दी मोटरसाइकल नेपाली ग्राहकका लागि समेत आकर्षक बनेका छन् ।
महिन्द्राको नयाँ गाडी एक्सयूभी ३०० चार भेरिएन्टमा नेपाली बजारमा उपलब्ध छ । सबैभन्दा कम मूल्यको भेरिएन्ट डब्ल्यु४ को मूल्य ४२ लाख ९५ हजार रुपैयाँ छ भने डब्ल्यु६ को मूल्य ४९ लाख ९५ हजार, डब्ल्यु८ को मूल्य ५७ लाख ५० हजार र सबैभन्दा माथिल्लो भेरिएन्ट डब्ल्यु८ अप्सनलको मूल्य ६० लाख रुपैयाँ तोकिएको छ ।
२०१९ देखि नेपाली बजारमा उपलब्ध भएको महिन्द्रा एक्सयूभी ३०० हाल नयाँ भर्सनमा उपलब्ध भएको हो ।
येज्दीका तीन मोडलका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन् । येज्दी रोडस्टारको मूल्य ९ लाख १६ हजार देखि ९ लाख २५ हजार रुपैयाँ सम्म हुनेछ ।
येज्दी स्क्र्याम्बलरको मूल्य ९ लाख ४८ हजार देखि ९ लाख ५६ हजार रुपैयाँ सम्म छ ।
येज्दी एड्भेन्चरको मूल्य ९ लाख ९६ हजार र ९ लाख ९८ हजार रुपैयाँ छ ।
राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कम्पनी तथा व्यवसायीको सहभागिता रहेको प्रदर्शनीमा कूल एक सय ५० ‘स्टल’ रहेका छन्। प्रदर्शनी यही जेठ ८ गतेसम्म चल्ने चेम्बरले जनाएको छ।
चर्चित बलिउड अभिनेता जोन अब्राहमले महिन्द्राको नयाँ थार रक्स ब्ल्याक...
महिन्द्राले स्कोर्पियो क्लासिक लन्च गरेको छ । स्कोर्पियो क्लासिक २...
काठमाडौं – आगामी भाद्र २४ गते पर्ने तीजको अवसरमा महिन्द्रा गाडीमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...