सेरेसको थ्रीएस सुविधासहितको शोरुम अब बुटवलको कालिकानगरमा
बुटवल – सेरेसको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि अटोकर्पले...
महिन्द्राले आगामी दिनमा बजारमा ल्याउने इलेक्ट्रिक कार एक्सयूभी डट ई८ को परीक्षण प्रोटोटाइप सामाजिक सञ्जालमा देखिएको छ । महिन्द्राको सो इलेक्ट्रिक एसयूभी एक्सयूभी७०० मा आधारित इलेक्ट्रिक भर्सन हो । सो एसयूभी एक्सयूभी७०० को बडी जस्तो देखिए पनि यसमा केही परिवर्तन गरिनेछ ।
महिन्द्राको नयाँ एसयूभीमा नयाँ डिजाइन गरिएका अलोय ह्विल र बम्परको डिजाइन पनि पूर्ण रूपमा परिवर्तन भएको देखिन्छ । यसमा नयाँ एयर ड्याम र हेडल्याम्पको लागि भर्टिकल स्टेक्ड होल पनि देखिएको छ ।
महिन्द्राको सो एसयूभी इनोभेटिभ आईएनजीएलओ प्लेटफर्ममा निर्मित पहिलो इलेक्ट्रिक कार हुनेछ । सो प्लेटफर्म ४.३ मिटरदेखि ५ मिटरसम्मका सवारी साधनको लागि आधारको रूपमा काम गर्न सक्छ ।
सो एसयूभीको लम्बाइ ४७४० एमएम, चौडाइ १९०० एमएम, उचाइ १७६० एमएम र ह्विलबेस २७६२ एमएम हुने अपेक्षा गरिएको छ ।
सो एसयूभीको लन्चिङ मिति आधिकारिक रूपमा स्पष्ट गरिएको छैन । रिपोर्टका अनुसार महिन्द्राको सो नयाँ एसयूभी यही वर्ष लन्च हुने अपेक्षा गरिएको छ । यसमा दुई प्रकारका ब्याट्री प्याक ब्लेड र प्रिज्म्याटिक ब्याट्री उपलब्ध गराउने सम्भावना छ ।
यसको क्षमता ६० देखि ८० किलोवाटको बीचमा हुनेछ र १७५ किलोवाटको फास्ट चार्जिङ क्षमता हुनेछ । यसको ब्याट्रीलाई फास्ट चार्जिङबाट ३० मिनेटभन्दा कममा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
बुटवल – सेरेसको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि अटोकर्पले...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका पदाधिकारीहरुले हालै...
काठमाडौँ – ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...