लन्च हुनुअघि नै सार्वजनिक भयो महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी

महिन्द्राले आगामी दिनमा बजारमा ल्याउने इलेक्ट्रिक कार एक्सयूभी डट ई८ को परीक्षण प्रोटोटाइप सामाजिक सञ्जालमा देखिएको छ । महिन्द्राको सो इलेक्ट्रिक एसयूभी एक्सयूभी७०० मा आधारित इलेक्ट्रिक भर्सन हो । सो एसयूभी एक्सयूभी७०० को बडी जस्तो देखिए पनि यसमा केही परिवर्तन गरिनेछ ।

महिन्द्राको नयाँ एसयूभीमा नयाँ डिजाइन गरिएका अलोय ह्विल र बम्परको डिजाइन पनि पूर्ण रूपमा परिवर्तन भएको देखिन्छ । यसमा नयाँ एयर ड्याम र हेडल्याम्पको लागि भर्टिकल स्टेक्ड होल पनि देखिएको छ ।

महिन्द्राको सो एसयूभी इनोभेटिभ आईएनजीएलओ प्लेटफर्ममा निर्मित पहिलो इलेक्ट्रिक कार हुनेछ । सो प्लेटफर्म ४.३ मिटरदेखि ५ मिटरसम्मका सवारी साधनको लागि आधारको रूपमा काम गर्न सक्छ ।

सो एसयूभीको लम्बाइ ४७४० एमएम, चौडाइ १९०० एमएम, उचाइ १७६० एमएम र ह्विलबेस २७६२ एमएम हुने अपेक्षा गरिएको छ ।

सो एसयूभीको लन्चिङ मिति आधिकारिक रूपमा स्पष्ट गरिएको छैन । रिपोर्टका अनुसार महिन्द्राको सो नयाँ एसयूभी यही वर्ष लन्च हुने अपेक्षा गरिएको छ । यसमा दुई प्रकारका ब्याट्री प्याक ब्लेड र प्रिज्म्याटिक ब्याट्री उपलब्ध गराउने सम्भावना छ ।

यसको क्षमता ६० देखि ८० किलोवाटको बीचमा हुनेछ र १७५ किलोवाटको फास्ट चार्जिङ क्षमता हुनेछ । यसको ब्याट्रीलाई फास्ट चार्जिङबाट ३० मिनेटभन्दा कममा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

एमजी मोटरले ल्याउँदैछ कोमेटमा आधारित नयाँ इलेक्ट्रिक कार एक्सेलर ईभी

एमजी मोटरले ल्याउँदैछ कोमेटमा आधारित नयाँ इलेक्ट्रिक कार एक्सेलर ईभी

एमजी मोटरले नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले गत...

७०० किलोमिटर रेन्ज दिने फक्सवागन आईडी ७ सार्वजनिक

७०० किलोमिटर रेन्ज दिने फक्सवागन आईडी ७ सार्वजनिक

जर्मन अटो निर्माता फक्सवागले नयाँ इलेक्ट्रिक कार आडी७ लाई सार्वजनिक गरेको...

चीनले सन् २०३५ सम्म ग्यासोलिन पावर्ड कार फेज आउट गर्ने

चीनले सन् २०३५ सम्म ग्यासोलिन पावर्ड कार फेज आउट गर्ने

चीनले सन् २०३५ सम्म ग्यासोलिन पावरबाट चल्ने सबै कार फेज आउट गर्ने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...