महिन्द्राले नयाँ एक्सयूभी३०० फेसलिफ्ट मोडल ल्याउँदै, लन्च हुनु अघि सार्वजनिक

महिन्द्राले एक्सयूभी३०० को फेसलिफ्ट मोडल लन्च गर्ने तयारी गर्दैछ । रिपोर्टका अनुसार महिन्द्राले आगामी कम्प्याक्ट एसयूभीको फेसलिफ्ट फेब्रुअरी २०२४ मा लन्च गर्ने सम्भावना छ ।

महिन्द्राले सो एसयूभी लन्च गर्नु अघि धेरै पटक परीक्षणको समयमा स्पोट गरिएको छ । परीक्षणको क्रममा देखिएका एसयूभीको तस्विरमा इन्टेरियर र एक्सटेरियर भागको झलक पनि देखिएको छ । विशेष गरी यसमा सी–क्ल्याम्प आकारको एलईडी टेललाइट देखिएको छ ।

सो एसयूभीको फ्रन्टमा हेडल्याम्प, ग्रिल र बम्पर अपडेट गरिएको छ, जसले यस एसयूभीलाई अझ आक्रामक देखाको छ । यसको साइड प्रोफाइलमा भने खासै परिवर्तन देखिएको छैन, तर यसको पाङ्ग्राको डिजाइन परिवर्तन गरिएको छ ।

एक्सयूभी३०० फेसलिफ्टमा ७ इन्चको सट्टा ठूलो १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम हुने अनुमान गरिएको छ । साथै यसमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल पनि उपलब्ध हुनेछ । फेसलिफ्ट मोडलमा फ्रन्ट भेन्टिलेटेड सिट हुनेछ । साथै वायरलेस फोन चार्जिङ, ३६० डिग्री क्यामेरा र एड्भान्स ड्राइभर असिस्टेन्ट सिस्टम जस्ता फिचर हुनसक्ने सम्भावना रहेको छ ।

महिन्द्राले एक्सयूभी३०० को फेसलिफ्ट मोडल लन्च गरेपछि टाटा नेक्सन फेसलिफ्टसँग प्रतिस्पर्धा हुने सम्भावना छ ।

सम्बन्धित समाचारहरू

बालाजु अटो वर्क्स सवैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित

बालाजु अटो वर्क्स सवैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित

महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्स...

जावा मोटरसाइकलको डिलर अब सुर्खेतमा पनि

जावा मोटरसाइकलको डिलर अब सुर्खेतमा पनि

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको...

खुलासा : महिन्द्रा एक्सयूभी ७०० को टचस्क्रिनमै चल्ने छ फिल्म

खुलासा : महिन्द्रा एक्सयूभी ७०० को टचस्क्रिनमै चल्ने छ फिल्म

महिन्द्राले आगामी दिनमा बजारमा ल्याउने तयारी गरेको नयाँ एसयूभीको नाम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...