महिन्द्राले नयाँ एक्सयूभी३०० फेसलिफ्ट मोडल ल्याउँदै, लन्च हुनु अघि सार्वजनिक

महिन्द्राले एक्सयूभी३०० को फेसलिफ्ट मोडल लन्च गर्ने तयारी गर्दैछ । रिपोर्टका अनुसार महिन्द्राले आगामी कम्प्याक्ट एसयूभीको फेसलिफ्ट फेब्रुअरी २०२४ मा लन्च गर्ने सम्भावना छ ।

महिन्द्राले सो एसयूभी लन्च गर्नु अघि धेरै पटक परीक्षणको समयमा स्पोट गरिएको छ । परीक्षणको क्रममा देखिएका एसयूभीको तस्विरमा इन्टेरियर र एक्सटेरियर भागको झलक पनि देखिएको छ । विशेष गरी यसमा सी–क्ल्याम्प आकारको एलईडी टेललाइट देखिएको छ ।

सो एसयूभीको फ्रन्टमा हेडल्याम्प, ग्रिल र बम्पर अपडेट गरिएको छ, जसले यस एसयूभीलाई अझ आक्रामक देखाको छ । यसको साइड प्रोफाइलमा भने खासै परिवर्तन देखिएको छैन, तर यसको पाङ्ग्राको डिजाइन परिवर्तन गरिएको छ ।

एक्सयूभी३०० फेसलिफ्टमा ७ इन्चको सट्टा ठूलो १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम हुने अनुमान गरिएको छ । साथै यसमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल पनि उपलब्ध हुनेछ । फेसलिफ्ट मोडलमा फ्रन्ट भेन्टिलेटेड सिट हुनेछ । साथै वायरलेस फोन चार्जिङ, ३६० डिग्री क्यामेरा र एड्भान्स ड्राइभर असिस्टेन्ट सिस्टम जस्ता फिचर हुनसक्ने सम्भावना रहेको छ ।

महिन्द्राले एक्सयूभी३०० को फेसलिफ्ट मोडल लन्च गरेपछि टाटा नेक्सन फेसलिफ्टसँग प्रतिस्पर्धा हुने सम्भावना छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...