अब महिन्द्रा एक्सयूभी१००, एक्सयूभी४०० र एक्सयूभी९००

महिन्द्राले एक्सयूभी१००, एक्सयूभी४०० र एक्सयूभी९०० ट्रेडमार्क नेम दर्ता गराएको छ ।

महिन्द्रा एन्ड महिन्द्राले केही दिन पहिला भविष्यमा डब्ल्यु६०१ लाई एक्सयूभी७०० नाम दिइने घोषणा गरेको थियो । एक्सयूभी५०० नामको एसयूभीमा आधारित एक्सयूभी७०० बजारमा आउने समाचार आएको थियो ।

यद्यपी एक्सयूभी५०० हालको स्वरुपमा नै बिक्री गरिनेछ, जबकि एक्सयूभी४०० नेमप्लेटलाई मिड साइज एक्सयूभीको लागि प्रस्तुत गरिनेछ । सो एसयूभीको हुन्डाई क्रेटा, किया सेल्टोस, टाटा हेरियर, एमजी हेक्टर र निसान किक्ससँग प्रतिस्पर्धा हुनेछ ।

यसको साथै महिन्द्राले यही महिना एक्सयूभी९०० नाम ट्रेडमार्क गरेको छ । सो कार पूर्ण रुपमा एसयूभी हुनेछ । जसको प्रतिस्पर्धा भारतमा टोयोटा फच्र्युनर, फोर्ड एन्डेभर, एमजी ग्लोस्टर र नयाँ इसुजु एमयू–एक्स जस्ता प्रिमियम एसयूभीसँग हुनेछ ।

महिन्द्राको सो नयाँ एसयूभीले अल्टुरस जी४ को स्थान लिनेछ । महिन्द्रा एक्सयूभी७०० कैयौ सिटिङ कन्फिगरेसनमा प्रस्तुत गरिनेछ । सो एसयूभीमा २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिन समावेश गरिएको छ । जसलाई वैकल्पिक ६ स्पिड म्यानुअल वा ६ स्पिड अटोमेटिक टर्क कन्भर्टरको साथमा अल ह्वील ड्राइभ सिस्टम ट्रान्समिसनको साथमा जोडिएको छ ।

महिन्द्रा एक्सयूभी९०० मोडलमा टर्बाे डिजेल इन्जिन हुने अनुमान गरिएको छ । एक्सयूभी७०० हाल उपलब्ध एक्सयूभी५०० को तुलनामा अधिक अपस्केल हुनुको कारणले एक्सयूभी९०० अधिक प्रिमियम प्राइस रेन्जमा प्रदान गरिनेछ । साथै सिटिङ लेआउट र अफ रोडिङ क्षमताको साथमा उपलब्ध हुनेछ ।

सो एसयूभीमा टचस्क्रिन र डिजिटल इन्स्ट्रयुमेन्टेसन समावेश गरिने अनुमान गरिएको छ । यसको साथै कनेक्टिभिटी र राडार आधारित सुरक्षा र सहायक सुविधा उपलब्ध हुनेछ । यसमा मल्टि ड्राइभ मोड पनि हुने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...