महिन्द्रा थार अव ईभीमा पनि आउने, १५ अगष्टमा कन्सेप्ट सार्वजनिक हुने

महिन्द्रा एन्ड महिन्द्राले आफ्नो चर्चित अफरोड एसयूभी थारलाई इलेक्ट्रिक पावरट्रेनमा समेत ल्याउने तयारी गरेको छ । १५ अगष्टमा दक्षिण अफ्रिकामा अयोजना हुने महिन्द्रा एन्ड महिन्द्रा ग्लोवल इभेन्टमा सो एसयूभीको इभी कन्सेप्ट सार्वजनिक गर्ने कम्पनीले तयारी थालेको हो ।

सो इभेन्टमा महिन्द्राले स्कर्पियो एनमा आधारित नयाँ पिकअप र नयाँ ट्रयाक्टर प्लेटफर्मलाई समेत सार्वजनिक गर्ने जनाएको छ । थार इभीलाई कम्पनीले ४ वाई ४ सेटअपमा क्वाड–मोटर–सेटअप सहित डुअल मोटर दिन सक्ने आँकलन गरिएको छ । जुन पावर र टर्कको मामलमा एकदमै शक्तिशाली हुने अनुमान गरिएको छ । साथै अफरोड राइडिङलाई लक्षित गरी ल्याउन लागिएको हुँदा यसको ग्राउन्ड क्लिरियन्स समेत उच्च रहनेछ ।

थार ईभीलाई हालकै लेडर अर्थात वडी–अन–फ्रेम सेट–अपमा निर्माण गर्नसक्ने संभावना उच्च देखिएको कम्पनीले जनाएको छ । । साथै महिन्द्राले हालै विकास गरेको नयाँ इभी डेडिकेटेड प्लेटफर्ममा समेत सो ईभी निर्माण हुनसक्ने अनुमान गरिएको छ ।

हालका लागी यसको कन्सेप्टमात्र सार्वजनिक गर्न लागिएको कारण सो ईभी कहिलेसम्म बजारमा आउँछ भन्ने विषयमा कुनै जानकारी वाहिर आइसकेको छैन । साथै यसमा कुन साइजको व्याट्री, कति क्षमताको मोटर र रेन्ज एवं फिचर कस्तो रहने हो भन्ने विषयमा पनि कम्पनीले कुनै जानकारी सेयर गरेको छैन ।

सम्बन्धित समाचारहरू

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी, आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी, आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै...

पेट्रोलियमको विकल्प : विद्युतीय गाडी बनाउने कार्य अन्तिम चरणमा पुगेको महावीर पुनको भनाइ

पेट्रोलियमको विकल्प : विद्युतीय गाडी बनाउने कार्य अन्तिम चरणमा पुगेको महावीर पुनको भनाइ

काठमाडौं – पुराना पेट्रोलियम इन्धनबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा...

विश्व ईभी दिवस: नेपालमा किन विद्युतीय सवारी साधन आवश्यक छ

विश्व ईभी दिवस: नेपालमा किन विद्युतीय सवारी साधन आवश्यक छ

सेप्टेम्बर ९ मा विश्व ईभी दिवस मनाइन्छ । विद्युतीय सवारी साधनहरू संसारभरि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...