महिन्द्रा थार अव ईभीमा पनि आउने, १५ अगष्टमा कन्सेप्ट सार्वजनिक हुने

महिन्द्रा एन्ड महिन्द्राले आफ्नो चर्चित अफरोड एसयूभी थारलाई इलेक्ट्रिक पावरट्रेनमा समेत ल्याउने तयारी गरेको छ । १५ अगष्टमा दक्षिण अफ्रिकामा अयोजना हुने महिन्द्रा एन्ड महिन्द्रा ग्लोवल इभेन्टमा सो एसयूभीको इभी कन्सेप्ट सार्वजनिक गर्ने कम्पनीले तयारी थालेको हो ।

सो इभेन्टमा महिन्द्राले स्कर्पियो एनमा आधारित नयाँ पिकअप र नयाँ ट्रयाक्टर प्लेटफर्मलाई समेत सार्वजनिक गर्ने जनाएको छ । थार इभीलाई कम्पनीले ४ वाई ४ सेटअपमा क्वाड–मोटर–सेटअप सहित डुअल मोटर दिन सक्ने आँकलन गरिएको छ । जुन पावर र टर्कको मामलमा एकदमै शक्तिशाली हुने अनुमान गरिएको छ । साथै अफरोड राइडिङलाई लक्षित गरी ल्याउन लागिएको हुँदा यसको ग्राउन्ड क्लिरियन्स समेत उच्च रहनेछ ।

थार ईभीलाई हालकै लेडर अर्थात वडी–अन–फ्रेम सेट–अपमा निर्माण गर्नसक्ने संभावना उच्च देखिएको कम्पनीले जनाएको छ । । साथै महिन्द्राले हालै विकास गरेको नयाँ इभी डेडिकेटेड प्लेटफर्ममा समेत सो ईभी निर्माण हुनसक्ने अनुमान गरिएको छ ।

हालका लागी यसको कन्सेप्टमात्र सार्वजनिक गर्न लागिएको कारण सो ईभी कहिलेसम्म बजारमा आउँछ भन्ने विषयमा कुनै जानकारी वाहिर आइसकेको छैन । साथै यसमा कुन साइजको व्याट्री, कति क्षमताको मोटर र रेन्ज एवं फिचर कस्तो रहने हो भन्ने विषयमा पनि कम्पनीले कुनै जानकारी सेयर गरेको छैन ।

सम्बन्धित समाचारहरू

मलेसियन ब्रान्ड पेरोडुवाले लन्च ग-यो आफ्नै ईभी, यस्तो छ विशेषता

मलेसियन ब्रान्ड पेरोडुवाले लन्च ग-यो आफ्नै ईभी, यस्तो छ विशेषता

मलेसियन कार निर्माता कम्पनी पेरोडुवाले पहिलो ब्याट्री इलेक्ट्रिक सवारी...

यी हुन् नेपाली बजारमा उपलब्ध धेरै रेन्ज दिने इलेक्ट्रिक स्कुटर

यी हुन् नेपाली बजारमा उपलब्ध धेरै रेन्ज दिने इलेक्ट्रिक स्कुटर

नेपाली बजारमा धेरै ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । सरकारले हालै...

होन्डाले सार्वजनिक ग-यो इलेक्ट्रिक स्कुटर

होन्डाले सार्वजनिक ग-यो इलेक्ट्रिक स्कुटर

होन्डाले मिलानमा चलिरहेको ईआईसीएमए २०२२ मा आफ्नो पहिलो ई–स्कुटर ईएम१ई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...