अष्ट्रेलियामा लन्च हुँदै महिन्द्रा एक्सईभी ९ई, परिक्षणमा देखियो

महिन्द्राले आफ्नो फ्ल्यागशिप विद्युतीय एसयुभी एक्सईभी ९ई अष्ट्रेलियाली बजारमा लन्च गर्ने तयारी गरेको छ । उक्त गाडी हालै मेलर्बनमा परिक्षण हुँदै गर्दा देखिएपछि छिट्टै लन्च हुने अनुमान गरिएको हो ।

एक्सईभी ९ई अष्ट्रेलियामा महिन्द्राको पहिलो ईभी हुने जनाइएको छ । आकर्षक डिजाइनको साथ यसमा एलईडी हेडलाइट र टेललाइट तथा ग्लस ब्ल्याक बडी क्ल्याडिङ जडान गरिएको छ ।

५९ किलोवाट आवर र ७९ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध छ । यसको सानो ब्याट्री प्याक संस्करणमा रियर माउन्टेड इलेक्ट्रिक मोटर उपलब्ध गराइएको छ, जसले २२८ बीएचपी पावर र ३८० एनएम टर्क जेनेरेट गर्दछ । यस संस्करणले सिंगल चार्जमा ५४० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

त्यसैगरी, अर्को ७९ किलोवाट संस्करणले सिंगल चार्जमा ६५६ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ भने यसमा २८२ बीएचपी पावर र ३८० एनएम टर्क जनेरेट गर्ने थप शक्तिशाली इलेक्ट्रिक मोटर जडान गरिएको छ ।

सो विद्युतीय एसयूभीले अष्ट्रेलियामा बीवईडी सिलायन७, टेस्ला मोडल वाई र किया ईभी ५ लगायत मोडलसंग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

सम्बन्धित समाचारहरू

एक्सयूभी–३०० को फेसलिफ्टमा पाइनेछ यी ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर

एक्सयूभी–३०० को फेसलिफ्टमा पाइनेछ यी ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर

काठमाडौं– महिन्द्राले आफ्नो लोकप्रिय सव फोर मिटर एसयूभी एक्सयुभी–३०० को...

फिचर अपडेट भएर आउँदै महिन्द्रा एक्सयूभी–४०० ईभी

फिचर अपडेट भएर आउँदै महिन्द्रा एक्सयूभी–४०० ईभी

महिन्द्राले आफ्नो इलेक्ट्रिक एसयूभी एक्सयूभी–४०० मा फिचर अपडेट गर्ने...

अग्नि समूहको नेपालमा ३० बर्ष पुरा, उदय छात्रवृत्ति पुरस्कार २०७८ प्रदान

अग्नि समूहको नेपालमा ३० बर्ष पुरा, उदय छात्रवृत्ति पुरस्कार २०७८ प्रदान

महिन्द्रा गाडीको नेपालका लागी आधिकारिक बितरकका रुपमा कार्य गर्दै आइरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...