महिन्द्राको स्कोर्पियो क्लासिक सार्वजनिक, फिचर र लुक्स परिवर्तन
महिन्द्राले स्कोर्पियोको अपडेटेड मोडल सार्वजनिक गरेको छ । यसलाई २ वटा...
महिन्द्राले अगष्ट १५ मा नयाँ पिकअपको कन्सेप्ट सार्वजनिक गर्ने भएको छ । सो नयाँ पिकअपकोे टिजर सार्वजनिक गर्दै कम्पनीले यसवारे जानकारी दिएको हो । महिन्द्राको सो नयाँ पिकअप स्कर्पियो एनमा आधारित रहने अनुमान गरिएको छ ।
नयाँ पिकअप सिंगल र डबल क्याव मा उपलब्ध हुने अनुमान गरिएको छ । महिन्द्राले हाल बिक्री गर्दै आएको अन्य पिकअप जस्तै सो नयाँ पिकअप पनि पेट्रोल र डिजेल दुबै इन्जिन अप्सनमा उपलब्ध हुने र यसमा म्यानुअल र अटोमेटिक गियरबक्स सहित टु ह्वील र फोर ह्वील ड्राइभ अप्सन पाउन सकिने आँकलन गरिएको छ ।
नयाँ पिकअपको इन्टेरियर कस्तो रहन्छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी वाहिर ल्याइसकेको छैन । यद्यपी टिजरमा देखिए अनुसार यसको एक्सटेरियरवारे भने केही विवरणहरु लिक भएका छन् । यसमा जडान गरिएको टायर निकै ठूलो र अफरोड विशेषतायुक्त देखिएको छ । फ्रन्ट ग्रिल मेटलबाट वनेको देखिएको छ भने यसमा सनरुफ समेत देखिएको छ ।
एउटै प्लेटफर्म सेयर गरी वन्न लागेका कारण सो नयाँ पिकअपको पावरट्रेन र डाइमेन्सन स्कर्पियो एनको जस्तै हुनेछ । महिन्द्राले हाल स्कर्पियो र वोलेरो लगायत मोडलका पिकअप उत्पादन गरी बिक्री गर्दै आएको छ । यी पिकअप नेपाली बजारमा समेत निकै लोकप्रिय मानिन्छन् ।
महिन्द्राको सो नयाँ पिकअपले प्रिमियम सेग्मेन्टमा राम्रो बजार पाइरहेका टोयोटा हाइलक्स र इसुजु डि–म्याक्स लगायतसंग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
महिन्द्राले स्कोर्पियोको अपडेटेड मोडल सार्वजनिक गरेको छ । यसलाई २ वटा...
महिन्द्राले आफ्ना लोकप्रिय सवारी साधन बोलेरो क्याम्पर र बोलेरो पिकअपलाई...
काठमाडौं–भारतका अधिकांश अटो निर्माताले नयाँ वर्ष २०२५ को पहिलो दिनबाटै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...