महिन्द्राको गाडीमा बीवाईडीको ब्याट्री, यसकारण छ दमदार पर्फमेन्स
कुनै पनि कार निर्माताका लागि ब्याट्री प्रविधिको विकास गर्नु सबैभन्दा कठिन...
काठमाडौं – महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले आफ्नो सबै नयाँ ‘एसपी प्लस’ ट्रयाक्टर श्रृंखला नेपालमा सुरुवात गरेको छ । यी ट्रयाक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरूद्वारा सञ्चालित भएको बताइएको छ । ट्रयाक्टरले कृषि र ढुवानी उपयोगहरूमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य राखेको छ ।
नयाँ महिन्द्रा एसपी प्लस ट्रयाक्टरहरु क्रमशः जेठ ७, ८ र ९ गते क्रमशः विर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको थियो । शुभारम्भ कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा लि. (भारत) र अग्नि ग्रुपका प्रतिनिधि, स्थानीय डिलर, स्थानीय उद्योग वाणिज्य संघ र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । छिट्टै नै नयाँ एसपी प्लस सिरिजको ट्रयाक्टर यसै हप्तासम्ममा वीरगन्ज, चितवन र नेपालगन्जमा पनि सार्वजनिक (लन्च) हुने कम्पनीले बताएको छ ।
अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार किसानलाई अझ धैरै कार्य गर्न र आफ्नो कृषि उत्पादकत्वलाई अर्को स्तरसम्म पु-याउन सक्षम बनाउने नयाँ एसपीप्लस श्रृङ्खला प्रस्तुत गर्न पाउँदा गौरवान्वित भएको बताए ।
उन्नत ईएलएस (एक्स्ट्रा लङ्ग लामो स्ट्रोक) डीआई इन्जिनद्वारा सञ्चालित एसपी प्लस ३० एचपीदेखि ५० एचपी सम्मका श्रेणीमा शक्तिशाली र इन्धन किफायती छ । श्रृंखलामा चार हर्सपावर प्वाइन्ट– २७५ डीआई एसपी प्लस (३९ एचपी), ४१५ डीआई एसपी प्लस (४२ एचपी), ५७५ डीआई एसपी प्लस (४७ एचपी) र ५८५ डीआई एसपी प्लस (५० एचपी) मा विस्तारित मोडलहरू समावेश छन् ।
महिन्द्राले यी ट्रयाक्टरमा ६ वर्षे वारेन्टी अफर गरी बजारमा अग्रणी स्थान ओगटदै आएको बताएको छ ।
कुनै पनि कार निर्माताका लागि ब्याट्री प्रविधिको विकास गर्नु सबैभन्दा कठिन...
भारतमा एकजना व्यक्तिले दुध डेलिभरी गर्नका लागी फर्मूला वान जस्तै देखिने...
महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक विक्रेता अग्नी इन्कर्पोरेटेड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...