यस्तो हुनेछ महिन्द्राले ल्याउने स्कोर्पियो एक्स पिकअप मोडल

महिन्द्राले हालै स्कोर्पियो एक्स नाम दर्ता गरेसँगै कम्पनीले स्कोर्पियो एन एसयूभीमा आधारित नयाँ पिकअप मोडल ल्याउने तयारी गरिरहेको अनुमान गरिएको छ । कम्पनीले यसको कन्सेप्ट मोडल गत वर्ष दक्षिण अफ्रिकामा सार्वजनिक गरेको थियो ।

स्कोर्पियो एक्स पिकअप मोडलको तयारी संस्करण सन् २०२५ मा लन्च हुने अपेक्षा गरिएको छ । यसको कन्सेप्ट मोडल गत वर्ष परीक्षणको समयमा पनि देखिएको थियो । यद्यपि यसमा स्कोर्पियो क्लासिकको डिजाइन एलिमेन्ट र टेललाइट समावेश थिए ।

महिन्द्राको सो पिकअप मोडल नयाँ जेनरेशनको एमहक डिजेल इन्जिनद्वारा संचालित हुन सक्ने अनुमान गरिएको छ । यसको इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्समा जोडिनेछ । साथै यसमा फोर ह्विल ड्राइभ सिस्टम पनि उपलब्ध हुनेछ ।

सो कार भारतमा भन्दा पहिला दक्षिण अफ्रिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड जस्ता देशहरू र दक्षिण अमेरिकी देशमा लन्च गरिनेछ । यसले टोयोटा हाइलक्स र इसुजु डी–म्याक्स भी–क्रससँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

चितवनमा सार्वजनिक भयो महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो

चितवनमा सार्वजनिक भयो महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो

चितवन – महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी...

एक्सयूभी ७०० को अटोमेटिक भेरिएन्ट कम मुल्यमा आउँदै

एक्सयूभी ७०० को अटोमेटिक भेरिएन्ट कम मुल्यमा आउँदै

महिन्द्राले एक्सयूभी ७०० को नयाँ इन्ट्री–लेभल पेट्रोल अटोमेटिक भेरियन्ट...

महिन्द्रा ईभी हात पार्न ग्राहकले ६ महिनासम्म कुर्नुपर्ने

महिन्द्रा ईभी हात पार्न ग्राहकले ६ महिनासम्म कुर्नुपर्ने

महिन्द्राले हालै लन्च गरेको नयाँ विद्युतिय कार एक्सईभी ९ई र बीई ६ लाई हात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...