बालाजु अटो वर्क्सले रौतहटमा खोल्यो महिन्द्राको नयाँ आधिकारिक सर्भिस सेन्टर

काठमाडौं–महिन्द्रा गाडिको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्सले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति रौतहटमा नयाँ ‘टु एस’ सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सो क्षेत्रका लागि आधिकारिक सर्भिस सेन्टर गरिमा मोटर्सले बुधबार एक कार्यक्रम आयोजना गरी नयाँ ‘टु एस’ सेन्टर सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा मधेश प्रदेशका पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री समीर भट्टराई, महिन्द्रा एण्ड महिन्द्रा अटो डिभिजनका सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धर, बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठ र गरिमा मोटर्सका प्रबन्ध निर्देशक कुन्दन चौधरी लगायतको उपस्थिती रहेको थियो ।

महिन्द्राको आधिकारिक सर्भिस सेन्टर मधेश प्रदेश, रौतहटमा विस्तार गर्न पाउँदा आफूँहरु निकै उत्साहित भएको बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठले बताए । ‘हामीले दक्ष प्राविधिकहरू तथा उच्चस्तरीय उपकरणसहित महिन्द्राको आधिकारिक सेवा सुविधालाई क्षेत्रीयस्तरमा विस्तार गर्ने लक्ष्य लिएका छौँ । यो उद्घाटन समारोह हाम्रो यही लक्ष्यतर्फ यात्राको महत्वपूर्ण पाइला हो । हाम्रा क्षेत्रीय ग्राहकहरूले महिन्द्राको आधिकारिक र उच्चस्तरीय सेवा तथा सुविधा सहजै पाउनुहुनेछ, जसले महिन्द्रा गाडीको स्वामित्व अनुभवलाई अझ परिस्कृत गर्नेछ’ श्रेष्ठले भने ।

रौतहट आसपास क्षेत्रमा वासोवास गर्ने ग्राहकलाई सुबिधा र सहज पहुँच प्रदान गर्न नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको हो । नयाँ सर्भिस सेन्टरमा गुणस्तरीय सेवाको अनुभव गर्न कम्पनीले सबै ग्राहकलाई आह्वान समेत गरेको छ ।

अग्नी ग्रुपले हाल देशभर रहेका आफ्ना आधिकारिक सर्भिस सेन्टरबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । बिक्री पछिको सेवालाई अझै छिटो, छरितो र प्रभावकारी बनाउने कम्पनीले आफ्ना सेवाहरु यसरी नै नेपालभर विस्तार गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचारहरू

एप्पल कारप्लेको नेक्स्ट जेनेरेसन आउने घोषणा, स्क्रिनमै ड्राइभरले पाउने छन् धेरै जानकारी

एप्पल कारप्लेको नेक्स्ट जेनेरेसन आउने घोषणा, स्क्रिनमै ड्राइभरले पाउने छन् धेरै जानकारी

एप्पलले आफ्नो एनुअल डेभलपर कन्फ्रेन्समा एप्पल कारप्लेको नेक्स्ट...

नेपालमा बिक्री शुरु नहुँदै १ लाख भारुसम्मले महंगो भयो स्कर्पियो एन

नेपालमा बिक्री शुरु नहुँदै १ लाख भारुसम्मले महंगो भयो स्कर्पियो एन

नेपाली बजारमा लामो समयदेखी प्रतिक्षा गरिँदै आएको महिन्द्रा स्कर्पियो एन १...

शनिबार महिन्द्रा एक्सयूभी ७०० लन्च हुने, नयाँ लोगोयुक्त एसयूभीमा हुनेछन् सुरक्षात्मक र अन्य फिचर

शनिबार महिन्द्रा एक्सयूभी ७०० लन्च हुने, नयाँ लोगोयुक्त एसयूभीमा हुनेछन् सुरक्षात्मक र अन्य फिचर

महिन्द्राले अल न्यु एक्स्यूभी ७०० भोलि अर्थात अगस्त १४ मा लन्च गर्ने घोषणा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...