दुई ब्रान्डमार्फत महिन्द्राले ५ इलेक्ट्रिक एसयूभी ल्याउने, ग¥यो सार्वजनिक

महिन्द्राले भारतको स्वतन्त्रता दिवसको अवसरमा २ वटा ब्रान्डका ५ वटा इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । यसमा सिल्भर ट्विन पिक लोगो भएको एक्सयूभी ब्रान्ड र अल न्यू इलेक्ट्रिक–वान्ली ब्रान्ड बीई समावेश छ ।

महिन्द्राले एक्सयूभी.ई८, एक्सयूभी.ई९, बीई.०५, बीई.०७ र बीई.०९ सार्वजनिक गरेको हो । सो एसयूभी इङलो ईभी प्लेटफर्ममा आधारित छ । साथै महिन्द्राले इलेक्ट्रिक मोबिलिटीको भविष्यका लागि आफ्नो भिजन पनि प्रस्तुत गरेको छ । यी मध्ये पहिलो चार ई–एसयूभी २०२४ र २०२६ को बीचमा लन्च हुनेछ ।

कम्पनीले २०२७ सम्ममा आफ्नो पोर्टफोलियोको एक चौथाइ एसयूभी इलेक्ट्रिक हुने अपेक्षा गरेको छ । सो एसयूभीमा डायनामिक इनोभेशनका साथ भविष्यको डिजाइन हुनेछ ।

इङलो ईभी प्लेटफर्ममा सबैभन्दा हल्का स्केटबोर्ड र क्लास लिडिङ उच्च ऊर्जा–घनत्व भएको ब्याट्री मध्ये एक हो । उक्त प्लेटफर्मले प्रगतिशील ब्याट्री टेक्नोलोजी, प्लेटफर्म आर्किटेक्चर, ब्रेन पावर र ह्युमन मेसिन इन्टरफेस प्रयोग गर्छ ।

भविष्यमा महिन्द्राका इलेक्ट्रिक गाडी इङलो प्लेटफर्ममा निर्माण हुनेछ । सो प्लेटफर्मले सेफ्टी स्ट्यान्डर्ड, रेन्ज र एफिसियन्सी प्रदान गर्छ । यसले फ्युचरिस्टिक, अग्मेन्टेड रियालिटी–सक्षम हेड–अप डिस्प्ले, एज–टु–एज स्क्रिन, ५जी नेटवर्क क्षमता र ओभर–द–एयर अपडेट बढाउन मदत गर्छ ।

सम्बन्धित समाचारहरू

रोबोट्याक्सी सेवा बन्द गर्ने योजनामा जनरल मोटर्स

रोबोट्याक्सी सेवा बन्द गर्ने योजनामा जनरल मोटर्स

अमेरिकी अटोमोबाइल निर्माता कम्पनी जनरल मोटर्स (जीएम) ले आफ्नो क्रुज...

केई एक्स३ प्रो ईभी अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य ४३ लाख ९६ हजार

केई एक्स३ प्रो ईभी अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य ४३ लाख ९६ हजार

काठमाडौं – केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले...

यस्ता छन् सांघाई अटो शो २०२१ मा प्रदर्शित लोभलाग्दा इलेक्ट्रिक कार

यस्ता छन् सांघाई अटो शो २०२१ मा प्रदर्शित लोभलाग्दा इलेक्ट्रिक कार

चीनमा सांघाई अटो शो २०२१ सुरु भइसकेको छ । उक्त शोमा १९ र २० अप्रिल मिडिया डे...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...