महिन्द्राले अत्याधुनिक फिचर सहितको इलेक्ट्रिक कुपे एक्सयूभी९०० ल्याउँदै

महिन्द्रा एण्ड महिन्द्रा चाँडै नै नयाँ मोडल एक्सयूभी९०० पेश गर्ने भएको छ । सो मोडल २०२५ भित्रै लन्च हुने सम्भावना रहेको छ र यसको आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र बलियो प्रदर्शनले सबै आकर्षित गर्नेछ ।

एक्सयूभी९०० को डिजाइन एक्सयूभी एरोको अवधारणाबाट प्रेरित देखिन्छ । यसमा ढल्किएको छाना र अगाडिको भागमा बोल्ड र आक्रामक लुक दिइनेछ । यसको डिजाइन महिन्द्राको आगामी पुस्ताका कुपे एसयूभीको आधार बन्ने अपेक्षा गरिएको छ ।

सो एसयूभीको लम्बाइ ४७९० एमएम, चौडाइ १९०५ एमएम र उचाइ १६९० एमएम हुनेछ । साथै यसमा २७७५ एमएमको ह्विलबेस हुनेछ ।

रिपोर्ट अनुसार एक्सयूभी९०० महिन्द्राको नयाँ एङ्ग्लो ईभी प्लेटफर्ममा निर्माण गरिनेछ । सो प्लेटफर्म विशेष रूपमा इलेक्ट्रिक सवारी साधनको लागि विकास गरिएको हो । यसमा ६० किलोवाट र ८० किलोवाट गरी दुई फरक ब्याट्री विकल्प समावेश गरिनेछ । यसको ब्याट्री एक पटक चार्ज गर्दा ४०० किलोमिटरभन्दा बढीको रेन्ज दिने दाबी गरिएको छ ।

एक्सयूभी९०० मा तीन वटा १२.३-इन्चको डिस्प्ले हुनेछ, जसले इन्फोटेनमेन्ट, चालक जानकारी र सहयात्री अनुभवलाई नयाँ स्तरमा पुर्‍याउनेछ । स्टेयरिङ ह्विल टु -स्पोक शैलीको हुनेछ । साथै, प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ, उच्च-गुणस्तरको अपहोल्स्ट्रीजस्ता सुविधा पनि हुनेछ । सेफ्टीका लागि एडास सिस्टम अन्तर्गत एडाप्टिभ क्रूज कन्ट्रोल, लेन-कीपिङ असिस्ट, अटो-पार्किङ सुविधा पनि उपलब्ध गराइनेछ ।

एक्सयूभी९०० ले टाटाको आगामी कुपे एसयूभी र टाटा कर्भसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

२ दशकदेखि एसयूभी पारखीको मन जित्दै स्कर्पियो, नयाँ लोगो र विशेषताले आकर्षित गर्ला ग्राहक

२ दशकदेखि एसयूभी पारखीको मन जित्दै स्कर्पियो, नयाँ लोगो र विशेषताले आकर्षित गर्ला ग्राहक

स्कर्पियो नेपाली बजारमा सर्वाधिक रुचाइएको एसयूभी हो । भारतीय अटो उत्पादक...

हुन्डाईलाई पछि पार्दै महिन्द्रा बन्यो भारतको दोस्रो ठूलो कार निर्माता

हुन्डाईलाई पछि पार्दै महिन्द्रा बन्यो भारतको दोस्रो ठूलो कार निर्माता

महिन्द्रा पहिलो पटक भारतको दोस्रो ठूलो कार निर्माता बनेको छ । फेब्रुअरी...

एक्सयूभी ७०० को अटोमेटिक भेरिएन्ट कम मुल्यमा आउँदै

एक्सयूभी ७०० को अटोमेटिक भेरिएन्ट कम मुल्यमा आउँदै

महिन्द्राले एक्सयूभी ७०० को नयाँ इन्ट्री–लेभल पेट्रोल अटोमेटिक भेरियन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...