नेपालमा बिक्री शुरु नहुँदै १ लाख भारुसम्मले महंगो भयो स्कर्पियो एन

नेपाली बजारमा लामो समयदेखी प्रतिक्षा गरिँदै आएको महिन्द्रा स्कर्पियो एन १ लाख भारुसम्मले महंगो भएको छ । ६ महिनाअघि नेपाल र भारतमा एकसाथ लन्च गरिएको यो एसयूभीको नेपालमा हालसम्म पनि बिक्री शुरु हुन सकिरहेको छैन ।

विगतमा आयत प्रतिवन्धका कारण नेपाल आउन नपाएको यो एसयूभीको अहिले भारतमै माग उच्च छ । जसका कारण नेपालमा यो एसयूभीको बिक्री कहिलेबाट शुरु हुन्छ भन्ने विषययमा आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेड प्रालि नै अनिर्णित रहेको छ ।

महिन्द्राले यो एसयूभीको शुरुवाती मूल्य ११ लाख ९९ हजार भारु निर्धारण गरेर बिक्री शुरु गरेको थियो । अहिले यसको वेस भेरियन्ट पेट्रोलको मूल्य भारतीय बजारमा १२ लाख ७४ हजार पुगेको छ भने डिजेल वेसको १३ लाख २४ हजार कायम गरिएको छ । यो एसयूभी अव नेपाल आउँदा ५ लाख रुपैयाँसम्म मूल्य वढेर आउने देखिन्छ ।

महिन्द्राले यो नयाँ एसयूभीलाई ५ ट्रिममा उपलव्ध गराउँदै आएको छ । यसको सवै भेरिएन्ट ७ सिट क्षमतामा उपलब्ध रहँदै आएपनि टप स्पेकको जेड८ एल भेरियन्टको सेकेन्ड रोमा भने क्याप्टेन सिट सहितको ६ सिट अप्सन दिइएको छ ।

२.० लिटर टर्वो पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा उपलब्ध स्कर्पियो एनको पावर क्रमश १९८ विएचपी र १७३ विएचपी रहेको छ भने टर्क ३८० एनएम र ४०० एनएम रहेको छ ।

यो एसयूभीमा ८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो एवं एप्पल कार प्ले, ६ तवरबाट एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट, इलेक्ट्रोनिक सनरुफ, रिभ्यू क्यामेरा, क्रुज कन्ट्रोल र वायरलेस चार्जिङ लगायत फिचर दिइएको छ ।

सम्बन्धित समाचारहरू

धेरै प्रतीक्षा पश्चात महिन्द्रा एक्सयूभी ७०० नेपालमा आजै लन्च हुँदै, यस्तो हुनेछ मूल्य

धेरै प्रतीक्षा पश्चात महिन्द्रा एक्सयूभी ७०० नेपालमा आजै लन्च हुँदै, यस्तो हुनेछ मूल्य

काठमाडौं – भारतीय बजारमा धेरै माग भएका कारण नेपाली बजारमा उपलब्ध हुन...

थार रोक्स हात पार्न २०२६ सम्म कुर्नुपर्ने, कहिले आउँछ नेपाल ?

थार रोक्स हात पार्न २०२६ सम्म कुर्नुपर्ने, कहिले आउँछ नेपाल ?

भारतिय बजारमा थार रोक्सको माग बढेपछि सो एसयुभी हात पार्न ग्राहकले २०२६...

महिन्द्रको नयाँ ईभी एक्सयुभी ७०० जस्तै देखिने, लिक भयो विवरण

महिन्द्रको नयाँ ईभी एक्सयुभी ७०० जस्तै देखिने, लिक भयो विवरण

महिन्द्राले हालै गरेको ट्रेडमार्क फाइलिङले एक्सयूभी ७०० को विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...