धेरै प्रतीक्षा पश्चात महिन्द्रा एक्सयूभी ७०० नेपालमा आजै लन्च हुँदै, यस्तो हुनेछ मूल्य

काठमाडौं – भारतीय बजारमा धेरै माग भएका कारण नेपाली बजारमा उपलब्ध हुन नसकेको महिन्द्राको एसयूभी एक्सयूभी ७०० नेपाली बजारमा समेत उपलब्ध हुने भएको छ । महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले सो एसयूभी आज लन्च गर्दैछ । यो भन्दा पहिले नै यसको मूल्य सार्वजनिक गरिएको छ ।

५ र ७ सिटर अप्सनमा उपलब्ध हुने एक्सयूभी ७०० तीन तीन भेरिएन्टमा उपलब्ध हुनेछ । ५ सिटर एक्सयूभी ७०० को मूल्य ७४ लाख, ८१ लाख र ८९ लाख हुनेछ भने ७ सिटर एक्सयूभी ७०० को मूल्य ८३ लाख, १ करोड ५ लाख र १ करोड १० लाख रुपैयाँ हुनेछ ।

कम्पनीको वेबसाइटमा समेत यसको मूल्य र फिचर सार्वजनिक गरिनुका साथै बुकिङ समेत गर्न सकिन्छ ।

५ र ७ सिट क्षमतामा आएको महिन्द्रा एक्सयूभी ७०० मा २.० लिटरको टर्बो पेट्रोल इन्जिन उपलब्ध हुनेछ । सो इन्जिनले २०० पीएस पावर र ३८० एनएम टर्क जेनेरेट गर्छ ।

महिन्द्रा ‘एक्सयूभी-७००’ मा प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी डीआरएल, एलईडी टेल लाइट, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, नेभिगेशन प्रणाली, रिमोर्ट स्टार्ट/स्टप, क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोवाइल एप र स्मार्टवाचवाट भेहिकल कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ । यसको टप भेरिएन्टमा भने १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । यसैगरी यसमा थुप्रै यूनिक सुरक्षा फिचरहरु दिइएको छ । यसमा एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम, इबीडी सहितको एबीएस, सिट बेल्ट वार्निङ, अटोनोमस पार्किङ असिस्ट र स्पीड अलर्ट जस्ता अन्य फिचर पाउन सकिन्छ । यसमा रहेको बोस्चले चालकलाई निन्द्रा लागेको पत्ता लगाउने प्रविधि पनि प्रयोग गरिएको छ ।यसमा ६ वटासम्म स्पीकर र पानारोमिक सनरुफ पनि पाउन सकिन्छ ।

यसले नेपाली बजारमा टाटा सफारी र एमजी हेक्टर प्लससँग प्रतिस्पर्धा गर्नेछ । हाल उपलब्ध एक्सयूभी ५०० को तुलनामा एक्सयूभी ७०० नेपाली बजारमा महिन्द्राको ठूलो एसयूभी हुनेछ । यसले सन् २०२२ को ग्लोवल एनक्यापले प्रदान गर्ने ‘सेफर च्वाइस अवार्ड’ जित्न सफल भएको थियो । सो एसयूभीले ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

सम्बन्धित समाचारहरू

मुस्ताङ हुँदै पहिलोपटक डोल्पाको छार्काभोट पुग्यो बोलेरो

मुस्ताङ हुँदै पहिलोपटक डोल्पाको छार्काभोट पुग्यो बोलेरो

डोल्पाको उत्तरीक्षेत्रमा पर्ने उपल्लो डोल्पामा पहिलो पटक दुईवटा...

महिन्द्राले आफ्नो नयाँ प्लेटफर्म इङलोका साथ नयाँ एसयूभी लन्च गर्दै, के हो इङलो प्लेटफर्म ?

महिन्द्राले आफ्नो नयाँ प्लेटफर्म इङलोका साथ नयाँ एसयूभी लन्च गर्दै, के हो इङलो प्लेटफर्म ?

महिन्द्राले भारतीय बजारमा आज दुई नयाँ एसयूभी लन्च गर्ने भएको छ । यसको लागि...

नेपाली सडकमा ५ हजार भन्दा बढी महिन्द्रा स्कोर्पियो पिकअप

नेपाली सडकमा ५ हजार भन्दा बढी महिन्द्रा स्कोर्पियो पिकअप

नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअप मध्ये एक हो ‘महिन्द्रा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...