थार रोक्स हात पार्न २०२६ सम्म कुर्नुपर्ने, कहिले आउँछ नेपाल ?

भारतिय बजारमा थार रोक्सको माग बढेपछि सो एसयुभी हात पार्न ग्राहकले २०२६ सम्मै कुर्नुपर्ने भएको छ । महिन्द्राका अनुसार थार रोक्स बुक गर्ने ग्राहकले भेरियन्टको आधारमा ९ देखि १५ महिनासम्म प्रतिक्षा गर्नुपर्ने भएको हो ।

गत अगस्टमा लन्च भएको सो अफरोड एसयूभी बुकिङ खुलेको पहिलो घन्टामै १ लाख ७६ हजारभन्दा बढी यूनिट बुकिङ भएको थियो । माग धेरै भएपनि उत्पादन क्षमता कम भएका कारण यो एसयूभीलाई हात पार्न ग्राहकले लामो समय कुर्नुपरेको हो । यसको उत्पादन क्षमता हाल प्रति महिना ९ हजार ५०० युनिट छ ।

माग पूरा गर्न महिन्द्राले कुल उत्पादन क्षमता क्रमशः बढाउने योजना बनाएको छ । दोस्रो चरणमा प्रतिमहिना ११ हजार युनिटसम्म थार उत्पादन बढाउन सकिने कम्पनीले जनाएको छ ।

थार रोक्स स्ड्यान्डर्ड थारको ५–ढोका संस्करण हो । एसयूभी २.० लिटर टर्बो पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा उपलब्ध छ । दुबै इन्जिनहरू ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक ट्रान्समिसनको विकल्पका साथ बिक्री हुँदै आएको छ । यसको डिजेल भेरियन्टमा भने फोर ह्वील ड्राइभ सिस्टम समेत उपलब्ध छ ।

भारतमा लन्च भए लगत्तै नेपाली बजारमा समेत प्रतिक्षा गरिएको थार हालसम्म पनि नेपाली बजारमा आउन सकिरहेको छैन । भारतिय बजारमै माग उच्च रहेको र निर्यातामा देखिएको अड्चनका कारण सो एसयूभी नेपाल आउने विषय हालसम्म टुंगो लाग्न नसकेको हो ।

सम्बन्धित समाचारहरू

स्कर्पियो एनको मूल्य थाहा पाउन १ हप्ता कुर्नुपर्ने, वुकिङ नाडा अटो सोबाट शुरु हुने

स्कर्पियो एनको मूल्य थाहा पाउन १ हप्ता कुर्नुपर्ने, वुकिङ नाडा अटो सोबाट शुरु हुने

नेपाली बजारमा हिँजो सार्वजनिक गरिएको महिन्द्रा स्कर्पियो एनको मूल्य १...

यही वर्ष आउँदै छन् अल्काजार देखि स्कोर्पियो ७ सिटर एसयूभी सम्म

यही वर्ष आउँदै छन् अल्काजार देखि स्कोर्पियो ७ सिटर एसयूभी सम्म

भारतमा लकडाउन पछि अटोमोबाइलले चाँडै रिकभरी गरेको छ । यो वर्ष कार निर्माता...

एक्सयूभी ‘थ्रीएक्सओ’ ले बनायो वुकिङमा नयाँ रेकर्ड, १ घण्टामै ५० हजार यूनिट वुक

एक्सयूभी ‘थ्रीएक्सओ’ ले बनायो वुकिङमा नयाँ रेकर्ड, १ घण्टामै ५० हजार यूनिट वुक

काठमाडौं–महिन्द्रा एक्सयुभी ३०० को फेसलिफ्ट भर्सन थ्रीएक्सओले भारतको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...