महिन्द्रा ईभी हात पार्न ग्राहकले ६ महिनासम्म कुर्नुपर्ने

महिन्द्राले हालै लन्च गरेको नयाँ विद्युतिय कार एक्सईभी ९ई र बीई ६ लाई हात पार्न ग्राहकले भारतमा ६ महिनासम्म कुर्नुपर्ने भएको छ । मार्च २० देखि डेलिभरी दिन थालिएको यी ईभी हालसम्म ३ हजार ग्राहकले पाएको कम्पनीको भनाई छ ।

बुकिङ लिएका ग्राहकले ६ महिनासम्म कुर्नुपर्ने बताइएपनि हालसम्म यी ईभीको कति यूनिट बुकिङ भएको छ भन्ने विषयमा कम्पनी मौन रहेको छ । ईभी उत्पादनमा सिमित क्षमताका कारण तत्कालै धेरै यूनिट तयार गर्न सक्ने अवस्थमा नरहेको महिन्द्राले ग्राहकलाई विस्तारै डेलिभरी दिँदै जाने रणनिती अपनाएको छ ।

महिन्द्राका अनुसार, एक्सईभी ९ई ले कुल बुकिङको ५९ प्रतिशत र बीई६ ले ४१ प्रतिशत हिस्सा ओगटेको छ । बुकिङ गरेका अधिकांश ग्राहकले टप स्पेक ’प्याक थ्री’ भेरियन्ट रोजेका छन् ।

महिन्द्राको ईंग्लो प्लेटफर्ममा आधारित यी दुबै ईभी ५९ र ७९ किलोवाट आवर क्षमताको ब्याट्री अप्सनमा उपलब्ध छ । जसले ६८० किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

भारतमा एक्सईभी ९ईको मूल्य २१ लाख ९० हजार भारुबाट सुरु हुन्छ भने बीई६ को सुरुवाती मूल्य १८ लाख ९० हजार भारु तोकिएको छ ।

सम्बन्धित समाचारहरू

चितवनमा सार्वजनिक भयो महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो

चितवनमा सार्वजनिक भयो महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो

चितवन – महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी...

जावाका बीएस६ मोडल मोटरसाइकलमा ५ वर्ष सम्म निःशुल्क सर्भिसिङ उपलब्ध हुने

जावाका बीएस६ मोडल मोटरसाइकलमा ५ वर्ष सम्म निःशुल्क सर्भिसिङ उपलब्ध हुने

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको...

इलेक्ट्रिक कार बीई ६ई मा आपत्ति

इलेक्ट्रिक कार बीई ६ई मा आपत्ति

इन्डिगो सञ्चालक कम्पनी इन्टरग्लोब एभिएसनले महिन्द्रा इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...