महिन्द्रा ईभी हात पार्न ग्राहकले ६ महिनासम्म कुर्नुपर्ने

महिन्द्राले हालै लन्च गरेको नयाँ विद्युतिय कार एक्सईभी ९ई र बीई ६ लाई हात पार्न ग्राहकले भारतमा ६ महिनासम्म कुर्नुपर्ने भएको छ । मार्च २० देखि डेलिभरी दिन थालिएको यी ईभी हालसम्म ३ हजार ग्राहकले पाएको कम्पनीको भनाई छ ।

बुकिङ लिएका ग्राहकले ६ महिनासम्म कुर्नुपर्ने बताइएपनि हालसम्म यी ईभीको कति यूनिट बुकिङ भएको छ भन्ने विषयमा कम्पनी मौन रहेको छ । ईभी उत्पादनमा सिमित क्षमताका कारण तत्कालै धेरै यूनिट तयार गर्न सक्ने अवस्थमा नरहेको महिन्द्राले ग्राहकलाई विस्तारै डेलिभरी दिँदै जाने रणनिती अपनाएको छ ।

महिन्द्राका अनुसार, एक्सईभी ९ई ले कुल बुकिङको ५९ प्रतिशत र बीई६ ले ४१ प्रतिशत हिस्सा ओगटेको छ । बुकिङ गरेका अधिकांश ग्राहकले टप स्पेक ’प्याक थ्री’ भेरियन्ट रोजेका छन् ।

महिन्द्राको ईंग्लो प्लेटफर्ममा आधारित यी दुबै ईभी ५९ र ७९ किलोवाट आवर क्षमताको ब्याट्री अप्सनमा उपलब्ध छ । जसले ६८० किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

भारतमा एक्सईभी ९ईको मूल्य २१ लाख ९० हजार भारुबाट सुरु हुन्छ भने बीई६ को सुरुवाती मूल्य १८ लाख ९० हजार भारु तोकिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...