बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
महिन्द्रा एन्ड महिन्द्राले आउँदो महिनामा सानो इलेक्ट्रिक एसयूभी महिन्द्रा ई–केयूभी१०० को पहिलो ब्याच रोलआउट गर्न सक्नेछ । कम्पनीले फेब्रुअरी २०२० अटो एक्सपोमा केयूभी एनएक्सटीमा आधारित इलेक्ट्रिक केयूभी१०० को ग्लोबल प्रिमियर गरेको थियो ।
कम्पनीका अनुसार यसको शुरुवाती मूल्य ८ लाख २५ हजार भारु रहेको छ । अनलाइन रिपोर्ट अनुसार महिन्द्राले अर्को इलेक्ट्रिक कार ईएक्सयूभी३०० अर्काे वर्ष लन्च गर्नेछ ।
महिन्द्राका म्यानेजिङ डाइरेक्टर र सीईओ पवन गोयन्काले ट्रिओ जोर इलेक्ट्रिक थ्री ह्वीलर लन्चको समयमा ई–केयूभी १००को बारेमा जानकारी दिएका थिए । ई–केयूभी१०० ब्रान्डको इलेक्ट्रिक लाइनअपको हिस्सा भएको र अन्य ईभी पनि पाइपलाइनमा भएको जानकारी दिएका छन् ।
महिन्द्राको सो इलेक्ट्रिक भेइकलमा एक लिक्विड कुल्ड ब्याट्री प्याक समावेश हुनेछ, जसलाई फास्ट चार्जरले ५५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । महिन्द्रा ई–केयूभी१०० नियमित आइसी–इन्जिन मोडल भन्दा फरक रहेको छ । केयूभी एनएक्सटीको कारण बजारमा नयाँ माइक्रो एसयूभी सेगमेन्ट शुरु भएको थियो ।
सो मोडल एमईएसएमई प्लेटफर्ममा आधारित हुनेछ । यसमा १५.९ केडब्ल्युएचको व्याट्री र एक इलेक्ट्रिक मोटर समावेश गरेको छ जसले ५४ पीएसको पावर र १२० एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीले सो कारले सिंगल चार्जमा १४७ किलोमिटरको रेन्ज दिने दावी गरेको छ । सो कारमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, माउन्टेड कन्ट्रोलको साथमा मल्टी फंक्सनल स्टेयरिङ ह्विल, रिमोट डायग्नोस्टिक्स, लोकेसन ट्रयाकिङ जस्ता फिचर रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...