बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा महिन्द्राको इलेक्ट्रिक गाडी इटुओ (e2o) को नयाँ मूल्य सार्वजनिक भएको छ । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इनर्जी प्रालिले सो मूल्य सार्वजनिक गरेको हो ।
पहिले नेपाली बजारमा पी४ र पी६ गरी दुई मोडलका विद्युतीय कार उपलब्ध भएकोमा हाल पी४ मोडल मात्र उपलब्ध हुने र यसको मूल्य २९ लाख २५ हजार रुपैयाँ तोकिएको अग्नि इनर्जी प्रालिका सिनियर म्यानेजर प्र्रमोद भण्डारीले बताए ।
बजेट भन्दा पहिले यो मोडलको मूल्य २२ लाख ६५ हजार रुपैयाँ थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले यसअघि १० प्रतिशत मात्रै भन्सार लाग्दै आएकोमा बजेटमार्फत भन्सार बढाएर ८० प्रतिशतसम्म पु¥याएका थिए । यसअघि विद्युतीय सवारीसाधनमा अन्तःशुल्क लाग्दैनथ्यो, तर उनले यस्ता गाडीमा पनि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाएका थिए । सडक निर्माण दस्तुर यसअघि ४ प्रतिशत लाग्दै आएकोमा ५ प्रतिशत पु¥याएका थिए ।
सरकारले यसअघि इलेक्ट्रिक कारमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ४ प्रतिशत मात्रै सडक दस्तुर लिदै आएको थियो ।
पछि विष्णु पौडेल अर्थमन्त्री भए पश्चात अन्तःशुल्कमा परिमार्जन गरिएको थियो । त्यसपछि मात्र विभिन्न कम्पनीहरुले इलेक्ट्रिक कारको मूल्य सार्वजनिक गर्न थालेका हुन् ।
इटुओ नेपाली बजारमा अत्यधिक मात्रामा रुचाइएको इलेक्ट्रिक कार हो । सानो आकारको यो कारलाई फुच्चे कारको नामले समेत चिन्ने गरिन्छ । हेर्दा सानो देखिए पनि यसमा उपलव्ध फिचर भने अत्याधुनिक एवं सुबिधासम्पन्न छ । पावर, पर्फमेन्स र फिचरका कारण इटुओले इलेक्ट्रिक कार पारखीहरुको बिश्वास जित्न सफल भएको भण्डारी बताउँछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...