सामाजिक उत्तरदायित्वको कार्य गर्दै लक्ष्मी ग्रुपले मनायो ४९औँ वार्षिकोत्सव
लक्ष्मी ग्रपुको ४९औँ वार्षिकोत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी...
काठमाडौं – हुन्डाईले नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको एसयूभी क्रेटा अब नेपालमै एसेम्बल गर्न थालेको छ । मेड इन नेपाल हुन्डाई क्रेटा एक कायक्रमका बिच सार्वजनिक गरियो । यसको मूल्य पनि पहिले उपलब्ध क्रेटाको तुलनामा ९ लाख रुपैयाँ कम तोकिएको छ ।
हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयात गरेर सन् २०२५ मोडलको क्रेटा बिक्री गर्दै आएको थियो । हुन्डाई क्रेटाका विभिन्न भेरिएन्टको मूल्य ५७ लाख ९६ हजार देखि ८७ लाख ९६ हजार रुपैयाँ सम्म छ ।

अब मेड इन नेपाल हुन्डाई क्रेटाको मूल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । विभिन्न ५ भेरिएन्टमा उपलब्ध हुन्डाई क्रेटाको मूल्य क्रमशः ५३ लाख ९६ हजार, ६३ लाख ९६ हजार, ६६ लाख ९६ हजार, ६७ लाख ९६ हजार र ७८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
नेपालीमा हाल १० हजार युनिट भन्दा बढी हुन्डाई क्रेटा प्रयोगमा रहेको कम्पनीको भनाइ छ । लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हुन्डाई क्रेटाको आकर्षणका कारण आगामी दिनमा यसको माग अझै बढ्ने अपेक्षा गरे ।
नेपालमा पहिलो पटक सन् २०१५ मा भित्रिएको हुन्डाई क्रेटा एक आकर्षक एसयूभीको रुपमा परिचित छ । एसयूभी बजारमा सर्बाधिक लोकप्रिय मोडल हो हुन्डाई क्रेटा । यो एसयूभी नेपाल भित्रिएदेखि नै नेपाली बजारमा सर्बाधिक बिक्री हुने एसयूभीका रुपमा परिचित छ । स्पोर्टी लुक्स, उच्चतम पावर तथा पर्फमेन्स र अत्याधुनिक फिचर्सका कारण क्रेटाप्रति क्रेजी हुने ग्राहकको संख्या बढिरहेको छ ।
लक्ष्मी ग्रपुको ४९औँ वार्षिकोत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी...
हुन्डाईको लोकप्रिय ह्याचव्याक कार ग्रान्ड आई १० निओसको फेसलिफ्ट मोडल...
हुन्डाईको सबैभन्दा लोकप्रिय सानो साइजको एसयूभी भेन्युको अपडेट भर्सन लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...