अटो एक्सपो २०२५ मा हुन्डाईको आयोनिक९ इलेक्ट्रिक एसयूभी सार्वजनिक, चाँडै लन्च हुने अपेक्षा
हुन्डाईले भारत मोबिलिटी २०२५ अन्तर्गत अटो एक्सपो २०२५ मा प्रिमियम...
काठमाडौं – हुन्डाईले नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको एसयूभी क्रेटा अब नेपालमै एसेम्बल गर्न थालेको छ । मेड इन नेपाल हुन्डाई क्रेटा एक कायक्रमका बिच सार्वजनिक गरियो । यसको मूल्य पनि पहिले उपलब्ध क्रेटाको तुलनामा ९ लाख रुपैयाँ कम तोकिएको छ ।
हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयात गरेर सन् २०२५ मोडलको क्रेटा बिक्री गर्दै आएको थियो । हुन्डाई क्रेटाका विभिन्न भेरिएन्टको मूल्य ५७ लाख ९६ हजार देखि ८७ लाख ९६ हजार रुपैयाँ सम्म छ ।
अब मेड इन नेपाल हुन्डाई क्रेटाको मूल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । विभिन्न ५ भेरिएन्टमा उपलब्ध हुन्डाई क्रेटाको मूल्य क्रमशः ५३ लाख ९६ हजार, ६३ लाख ९६ हजार, ६६ लाख ९६ हजार, ६७ लाख ९६ हजार र ७८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
नेपालीमा हाल १० हजार युनिट भन्दा बढी हुन्डाई क्रेटा प्रयोगमा रहेको कम्पनीको भनाइ छ । लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हुन्डाई क्रेटाको आकर्षणका कारण आगामी दिनमा यसको माग अझै बढ्ने अपेक्षा गरे ।
नेपालमा पहिलो पटक सन् २०१५ मा भित्रिएको हुन्डाई क्रेटा एक आकर्षक एसयूभीको रुपमा परिचित छ । एसयूभी बजारमा सर्बाधिक लोकप्रिय मोडल हो हुन्डाई क्रेटा । यो एसयूभी नेपाल भित्रिएदेखि नै नेपाली बजारमा सर्बाधिक बिक्री हुने एसयूभीका रुपमा परिचित छ । स्पोर्टी लुक्स, उच्चतम पावर तथा पर्फमेन्स र अत्याधुनिक फिचर्सका कारण क्रेटाप्रति क्रेजी हुने ग्राहकको संख्या बढिरहेको छ ।
हुन्डाईले भारत मोबिलिटी २०२५ अन्तर्गत अटो एक्सपो २०२५ मा प्रिमियम...
अमेरिकामा एउटा टिकटक भिडियोले कार कम्पनीलाई हैरान पारेको छ । यो भिडियोमा...
दक्षिण एसियाका दुई छिमेकी राष्ट्र भारत र पाकिस्तान राष्ट्रबादको बिषयमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...