’मेड ईन नेपाल’ हुन्डाई क्रेटा : कुन भेरिएन्टमा कतिले घट्यो मूल्य ?

काठमाडौं–हुन्डाईको लोकप्रिय एसयुभी क्रेटा नेपालमै एसेम्वल हुन थालेको छ । नेपाली सडकमा १० हजारभन्दा बढि संख्यामा गुडिरहेको क्रेटा नेपालमै एसेम्वल हुन थालेपछि यसको मूल्य समेत ९ लाख रुपैयाँसम्मले कम भएको छ ।

हुन्डाई क्रेटा नेपाली बजारमा कुल पाँच भेरिएन्टमा उपलब्ध रहँदै आएको छ । जसमध्येृ, सबैभन्दा सस्तो भेरिएन्ट ई एमटी हो । भारतबाट आयत हुने यस भेरिएन्टलाई आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ५७ लाख ९६ हजार रुपैयाँमा बिक्री गर्दै आएकोमा नेपालमै एसेम्वल भएपछि यसको मूल्य ४ लाख घटेर ५३ लाख ९६ हजारमा झरेको छ ।

क्रेटाको अर्को भेरिएन्ट एस(ओ) एमटी भेरिएन्टमा ६ लाख रुपैयाँले कमि आएको छ । यसअघि ६९ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको यस भेरिएन्टको मूल्य नेपालमै एसेम्वल भएपछि ६३ लाख ९६ हजार निर्धारण गरिएको छ ।

त्यसैगरी, अर्को भेरिएन्ट एसएक्स एमटीमा ७ लाख रुपैयाँ कम गरिएको छ । यसअघि ७३ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको यस भेरिएन्टको मूल्य हाल ६६ लाख ९६ हजार तोकिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा एस(ओ) सिभिटी भेरिएन्टमा ८ लाख तथा एसएक्स(ओ) सिभिटी भेरिएन्टमा ९ लाख रुपैयाँ मूल्य कम गरेको छ । यसअघि ७५ लाख ९६ हजार र ८७ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएका यी भेरिएन्टको नयाँ मूल्य नेपालमै एसेम्वल भएपछि क्रमशः ६७ लाख ९६ हजार तथा ७८ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

दिपलले किन्यो हुन्डाईको चोङकिङ प्लान्ट, वार्षिक ३ लाख कार उत्पादन गर्ने क्षमता वृद्धि

दिपलले किन्यो हुन्डाईको चोङकिङ प्लान्ट, वार्षिक ३ लाख कार उत्पादन गर्ने क्षमता वृद्धि

हुन्डाई मोटर कम्पनी (बेइजिङ हुन्डाई) को चोङकिङ प्लान्ट चाङ्गनको दिपल...

१ महिनामै क्रेटा फेसलिफ्टले पायो ५१ हजार बुकिङ, सेल्टोसको ७ महिनामा १ लाख बढी

१ महिनामै क्रेटा फेसलिफ्टले पायो ५१ हजार बुकिङ, सेल्टोसको ७ महिनामा १ लाख बढी

कोरियन अटो निर्माता हुन्डाई र कियाले भारतमा उत्पादन गरेको एसयुभी क्रेटा र...

भारतमा टप स्पिड २३० किलोमिटर सहित हुन्डाई आई२० एन लाइन एसयूभी लन्च

भारतमा टप स्पिड २३० किलोमिटर सहित हुन्डाई आई२० एन लाइन एसयूभी लन्च

हुन्डाईले आई२० एन लाइन कार भारतमा लन्च गरेको छ । यसको सुरुवाती एक्स शोरुम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...