क्रेटा ईभीमा प्रयोग भएको ब्याट्रीसहित ९२ प्रतिशत कम्पोनेन्ट भारतमै उत्पादन
हुन्डाईले हालै बजारमा ल्याएको क्रेटा ईभीमा ९२ प्रतिशत भन्दा बढी...
काठमाडौं–हुन्डाईको लोकप्रिय एसयुभी क्रेटा नेपालमै एसेम्वल हुन थालेको छ । नेपाली सडकमा १० हजारभन्दा बढि संख्यामा गुडिरहेको क्रेटा नेपालमै एसेम्वल हुन थालेपछि यसको मूल्य समेत ९ लाख रुपैयाँसम्मले कम भएको छ ।
हुन्डाई क्रेटा नेपाली बजारमा कुल पाँच भेरिएन्टमा उपलब्ध रहँदै आएको छ । जसमध्येृ, सबैभन्दा सस्तो भेरिएन्ट ई एमटी हो । भारतबाट आयत हुने यस भेरिएन्टलाई आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ५७ लाख ९६ हजार रुपैयाँमा बिक्री गर्दै आएकोमा नेपालमै एसेम्वल भएपछि यसको मूल्य ४ लाख घटेर ५३ लाख ९६ हजारमा झरेको छ ।
क्रेटाको अर्को भेरिएन्ट एस(ओ) एमटी भेरिएन्टमा ६ लाख रुपैयाँले कमि आएको छ । यसअघि ६९ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको यस भेरिएन्टको मूल्य नेपालमै एसेम्वल भएपछि ६३ लाख ९६ हजार निर्धारण गरिएको छ ।
त्यसैगरी, अर्को भेरिएन्ट एसएक्स एमटीमा ७ लाख रुपैयाँ कम गरिएको छ । यसअघि ७३ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको यस भेरिएन्टको मूल्य हाल ६६ लाख ९६ हजार तोकिएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा एस(ओ) सिभिटी भेरिएन्टमा ८ लाख तथा एसएक्स(ओ) सिभिटी भेरिएन्टमा ९ लाख रुपैयाँ मूल्य कम गरेको छ । यसअघि ७५ लाख ९६ हजार र ८७ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएका यी भेरिएन्टको नयाँ मूल्य नेपालमै एसेम्वल भएपछि क्रमशः ६७ लाख ९६ हजार तथा ७८ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
हुन्डाईले हालै बजारमा ल्याएको क्रेटा ईभीमा ९२ प्रतिशत भन्दा बढी...
हुन्डाई माेटर कम्पनीले भारतीय बजारमा आफ्ना सीएनजी गाडीमा ड्युअल सिलिन्डर...
आधिकारिक लन्च अगावै हुन्डाईले आफ्नो बहुप्रतिक्षित क्रेटा ईभीको बुकिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...