कोमेटमा आधारित नयाँ मिनी ईभी ल्याउँदै एमजी, इलेक्ट्रिक केयूभी १०० संग प्रतिस्पर्धा हुने
एमजी मोटर इन्डियाले कोमेटमा आधारित अर्को नयाँ इलेक्ट्रिक माइक्रो एसयूभी...
नेपालमा बनेको इलेक्ट्रिक गाडीको चर्चा गर्दा धेरैले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चढ्ने गरेको ‘मुस्ताङ’ कारलाई सम्झिन्छन् । तत्कालीन समयमा हुलास मोटर्सले उत्पादन गरेको सो गाडीले निकै नै चर्चा कमाएको थियो ।
यद्यपि त्यो समयमा पनि नेपाली बजारमा प्रशस्तै मात्रामा यस्ता गाडी थिएनन् । नाडाको इलेक्ट्रिक सवारी साधन समितिका सभापति तथा हिमालय अटो वर्ल्डका अध्यक्ष ध्रुब थापाले त्यो समयमा समेत प्रधानमन्त्रीका लागि पोखराबाट सो गाडी काठमाडौं पठाएको स्मरण गर्छन् । तत्कालीन समयमा हुलास मोटर्सको पोखराका लागि डिलर रहेको समयमा सो गाडी काठमाडौं पठाएको कुरा नेपाल अटोले हिजो सम्पन्न गरेको अन्तरक्रिया कार्यक्रममा उनले स्मरण गरे ।
बीचमा विभिन्न कारणले हुलास मोटर्सले गाडी उत्पादनलाई तीव्रता दिन सकेन । सरकारले युरो ३ लागू गरे पछि हुलास मोटर्सले पनि केही समय पछि लागू गर्ने माग गर्दा गर्दै पनि माग पुरा भएको थिएन । यसले गर्दा पछिल्लो समयमा यो एक प्रकारले बन्द जस्तै अवस्थामा पुग्यो ।
सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत विश्वका १० ठूला अटोमोबाइल कम्पनीलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताए पनि नेपालमै भएका उद्योगलाई प्रोत्साहन गर्नका लागि भने केही योजना ल्याएको छैन । थापा भन्छन्, ‘सवारी साधन उत्पादनका लागि उद्योग खोल्नु पहिले त्यसको बजार पनि हेर्नु पर्छ । नेपालमा सवारी साधनको बजार चीन र भारत जस्तो ठूलो छैन । यो अवस्थामा सरकारी नीति पनि अस्थिर छ । त्यसैले उद्योग खोल्न पनि हच्किनु पर्ने अवस्था छ ।’
हुन पनि गत वर्ष भारी मात्रामा कर वृद्धि गरेको सरकारले यो वर्ष फेरि घटाएको छ । व्यवसायीहरु यो नीति सधै रहिरहने कुरामा पनि संशय ब्यक्त गर्छन् । नाडाले यो वर्षको बजेटका लागि सुझाव दिदा पनि नेपालमा एसम्बलिङ हुने चारपाँगे्र तथा दुई पाँग्रे सवारी साधनहरुको हकमा अन्तःशुल्क महशुलमा ५० प्रतिशत र भन्सार महशुल दरमा पनि ५० प्रतिशत छुटको व्यवस्था हुनु पर्ने माग गरेको थियो ।
हुलास मोटर्सले करिब २ वर्ष पहिले नै दा भिन्ची नामक इलेक्ट्रिक कार बजारमा ल्याउने घोषणा गरेको थियो । परीक्षण समेत सम्पन्न भएको र त्यो समयमा करिब २० लाख रुपैयाँ सम्मको मूल्यमा नेपाली बजारमा उपलब्ध हुने बताइएको सो कारको उत्पादन गत बर्षको बजेट वक्तव्य र कोभिड–१९ का कारण रोकिएको थियो ।
अब अहिले पनि यो कारको उत्पादन गर्ने वा नगर्ने भन्ने वारेमा भने अझै अन्यौल रहेको हुलास मोटर्सका सञ्चालक सुरेन्द्र गोल्छाले बताए । सरकारले स्पेयर पार्ट्स आयातमा दिने छुटको वारेमा अझै स्पष्टता छैन । त्यसैगरी सरकारले लिने अस्थिर नीतिले पनि व्यवसायीहरु लगानी गर्न डराउनु पर्ने अवस्था छ । हालको अवस्था अनुसार नेपालमै उत्पादन गर्नु भन्दा आयात गर्नु नै उपयुक्त हुने धेरैको निष्कर्ष छ ।
यद्यपि आफूहरु पर्ख र हेरको अवस्थामा रहेको गोल्छाले बताए । उनले भने, ‘निषेधाज्ञा खुले पश्चात यसको वारेमा आवश्यक अध्ययन गरी अगाडि बढ्ने छौ । सरकारी नीति अस्थिर नहुने र व्यवसायी तथा ग्राहकले समेत समर्थन गर्ने अवस्था आएमा हामी विद्युतीय कार निर्माण कार्यलाई अगाडि बढाउने छौ ।’
एमजी मोटर इन्डियाले कोमेटमा आधारित अर्को नयाँ इलेक्ट्रिक माइक्रो एसयूभी...
नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका इलेक्ट्रिक कार किन्नका लागि विभिन्न...
काठमाडौं–सर्वाेच्च अदालतले कर्जा निती बनाउँदा ईभीलाई प्रवद्र्धन र इन्धन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...