सौराहामा सम्पन्न भयो नेपालमै उत्पादित डेल्टा मोटरसाइकल टायरको डिलर मिट

चितवनको सौराहामा डेल्टा मोटरसाइकल टायरको देशभरका डिलरहरुको भेला सम्पन्न भएको छ । डेल्टा टायर बिक्री–वितरण गरिरहेको ग्रिन टायर्स प्रालिको आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्सको आयोजनामा सो भेला सम्पन्न भएको हो ।

सो अवसरमा देशभरका ३० डिलर प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपाली बजारमा उपलब्ध मोटरसाइकल टायरका रेन्ज र यसका विभिन्न विशेषताको वारेमा चर्चा हुनुका साथै चालु आर्थिक वर्षको उपलब्धिको समीक्षा र आगामी आर्थिक वर्षको कार्ययोजना वारेमा सो अवसरमा छलफल भएको थियो । सो अवसरमा डिलरहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा ग्रिन टायर्सको तर्फबाट डाइरेक्टर बिनित सिंघानिया र श्रीष कटारुकाका साथै डेल्टा डिस्ट्रिब्युटर्सका डाइरेक्टर विकास सिंघानियाले सहभागीहरुलाई विभिन्न विषयमा जानकारी दिएका थिए ।

मोरङको कटहरीमा अवस्थित ग्रिन टायर्स प्रालि नेपालकै पहिलो टायर निर्माता कम्पनी हो । कम्पनीले पहिलो चरणमा दुईपांग्रे र तीनपांग्रे सवारी साधनका लागि आवश्यक टायर र ट्रयाक्टर टायर समेत उत्पादन गरिरहेको छ । प्रतिवर्ष २ लाख टायर उत्पादन गर्ने क्षमता रहेको सो कम्पनीले आगामी २०२५ सम्म करिव ६ लाख टायर वार्षिक रुपमा उत्पादन गर्ने लक्ष्य लिएको छ ।

हाल कम्पनीले दुईपांग्रे र तीनपांग्रेका लागि २५ भन्दा बढी साइजमा डेल्टा टायर उत्पादन गरिरहेको छ भने ट्रयाक्टर लगायतका कृषि सम्बद्ध सवारी साधनका लागि शेर्पा टायर उत्पादन गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

बालकुमारीमा खुल्यो सिएट टायरको नयाँ शोरुम ‘सिएट सप’

बालकुमारीमा खुल्यो सिएट टायरको नयाँ शोरुम ‘सिएट सप’

नारायणी अटो बिजनेस प्रालिले ललितपुरको बालकुमारीमा सिएट टायरको नयाँ शोरुम...

यस्ता छन् अलोय ह्विलका फाइदा

यस्ता छन् अलोय ह्विलका फाइदा

कुनै समय गाडीमा स्टिलका पाङ्ग्रा भए पनि सबैजना सन्तुष्ट थिए । तर, बदलिँदो...

पिट्स्टपको दोस्रो आउटलेट जडिबुटीमा, दशैं स्किममा २५ प्रतिशतसम्म छुट

पिट्स्टपको दोस्रो आउटलेट जडिबुटीमा, दशैं स्किममा २५ प्रतिशतसम्म छुट

काठमाडौं– पिट्स्टपको दोस्रो शोरुम जडिबुटीमा खुलेको छ । कलाकार दिपाश्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...