फोर्ड र केई ब्रान्डका गाडी बिक्री गरिरहेको जीओ अटोमोबाइल्सले अब एमजी गाडी पनि बेच्ने

काठमाडौं – नेपाली बजारमा फोर्ड र केई ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको जीओ अटोमोबाइल्सले अब भारतमा उत्पादन हुने एमजी ब्रान्डका सवारी साधन समेत बिक्री गर्ने भएको छ । जीओ अटोमोबाइल्सले हाल यसको लागि तयारीलाई अन्तिम चरणमा पु¥याएको र सम्भवतः बैशाख महिना भित्रै औपचारिक लन्च गर्ने बताएको छ ।

‘हामीले भारतमा उत्पादन हुने अधिकांश मोडल नेपालमा उपलब्ध गराउने छौ । मे महिनामा यसको औपचारिक जानकारी सहित प्रोडक्ट लन्च गर्नेछौ ।’, जीओ अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर आकाश गोल्छाले बताए । यस अनुसार अब छिट्टै नै नेपाली बजारमा भारतमा उत्पादित एमजी ब्रान्डका सवारी साधन उपलब्ध हुनेछन् ।

भारतमा उत्पादन हुने एमजी कोमेट, विन्डसर, हेक्टर लगायतका सवारी साधन नेपालमा समेत उपलब्ध हुनेछन् । त्यसैगरी एमजी मजेस्टर र अन्य मोडलका सवारी साधन पनि उपलब्ध गराउने गोल्छाले बताए ।

यद्यपि नेपाली बजारमा पहिले देखि नै एमजी ब्रान्डका सवारी साधन उपलब्ध छन् । चीनमा उत्पादन भएका एमजी ब्रान्डको आधिकारिक वितरकको रुपमा पारामाउन्ट मोटर्सले एमजी कोमेट, विन्डसर लगायतका सवारी साधन उपलब्ध गराउदै आएको छ । एमजी जेडएस ईभी कुनै समयमा नेपालमा धेरै लोकप्रिय मोडल हो भने हालै पछिल्लो समयमा एमजी एस५ ईभी धेरैको रोजाइमा परेको छ ।

पहिले चीनमा एमजीका गाडीहरु उत्पादन हुँदै आएका थिए । हालै एमजीको प्यारेन्ट कम्पनी एसएआईसीले भारतीय कम्पनी जेएसडब्लु समूह र अन्यसँग मिलेर भारतमै सवारी साधन उत्पादन थालेको हो । एमजी मोटर इन्डियामा एसएआईसी समूहको ४९ प्रतिशत स्वामित्व छ भने ३५ प्रतिशत जेएसडब्लु समूह र बाँकी १६ प्रतिशत भारतका विभिन्न वित्तिय संस्था, कर्मचारी र डिलरहरुले लगानी गरेका छन् ।

जीओ अटोमोबाइल्सले पहिले फोर्ड गाडी बिक्री–वितरण गरिरहेको थियो । भारतमा फोर्डको उत्पादन बन्द भए पश्चात हाल इन्डोनेसियामा उत्पादित फोर्डका गाडी बिक्री–वितरण भइरहेका छन् । त्यसैगरी केई ब्रान्डका ईभी समेत जीओ अटोमोबाइल्सले बिक्री–वितरण गरिरहेको छ ।

एमजी सन् १९२४ मा स्थापना भएको ब्रिटिस ब्रान्ड हो । सन् २००५ मा यो कम्पनी बन्द भएपछि चिनियाँ कम्पनी नान्जिन अटोमोबाइल (एनएसी)ले खरिद गरेको थियो् । सन् २००७ मा एसएआईसी मोटर्सले नान्जिन अटोमोबाइल्स किनेपछि यसको स्वामित्व एसएआईसीमा आएको हो । हाल एमजीको पूर्ण स्वामित्व एसएआईसीसँग छ ।

सम्बन्धित समाचारहरू

नेपालमा सम्पन्न भयो बीवाईडीको साउथ एसिया रिजनल डिलर मिट २०२२

नेपालमा सम्पन्न भयो बीवाईडीको साउथ एसिया रिजनल डिलर मिट २०२२

काठमाडौं – विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेइकल उत्पादक कम्पनी...

चार्जिङ पूर्वाधार तयार गर्दै मारुती सुजुकी, पुलकार, चार्ज हब र स्मार्ट चार्ज पेटेन्ट

चार्जिङ पूर्वाधार तयार गर्दै मारुती सुजुकी, पुलकार, चार्ज हब र स्मार्ट चार्ज पेटेन्ट

मारुती सुजुकीले भविष्यका लागि आफ्नो रणनीति तयार पारेको छ । यसैलाई ध्यानमा...

सुपर सोको अफर : दैनिक १३९ रुपैयाँ किस्तामा इलेक्ट्रिक स्कुटर, नो डाउन पेमेन्ट

सुपर सोको अफर : दैनिक १३९ रुपैयाँ किस्तामा इलेक्ट्रिक स्कुटर, नो डाउन पेमेन्ट

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको अवस्थामा नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...