गुल्मीका मदन बने भाग्यशाली विजेता, पाए टीभीएस अपाचे आरआर ३१० बाइक

काठमाडौं – ‘टीभीएस दसैंको आशा’ योजना अन्तर्गत शुक्रवार भएको भाग्यशाली विजेता घोषणामा मदन पोखरेल खत्रीले टीभीएस अपाचे आरआर ३१० जितेका छन् । बुटवलको बालाजी अटोमोबाइल्समार्फत केही दिन पहिले टीभीएस एनटर्क रेस एडिसन स्कुटर किनेका उनले लक्की ड्रमार्फत अपाचे आरआर ३१० बाइक जितेका हुन् ।

खत्रीलाई एक कार्यक्रमका बीच बालाजी अटोमोबाइल्सका सञ्चालक विशाल जयशवाल र जगदम्बा मोटर्सका प्रबन्धक सन्तोष पारिकले बाइकको चाबी हस्तान्तरण गरे ।

लक्की ड्रमा सहभागी हुनका लागि टीभीएसको वेबसाइटमार्फत फारम भरेका गुल्मी निवासी मदनले दसैंको बेला पुरस्कारबाट खुसी लागेको बताए । मोटरसाइकल कम्पनीका पुरस्कार चिनेजानेकै नजिकका व्यक्तिले पाउंछन् भन्ने सोंच पालेका उनले भने, ‘यो जीवनकै अत्यधिक खुसी भएको क्षण बन्यो ।’

यस योजनामा सहभागिता जनाउन टीभीएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्ने थिएन । ‘टीभीएस दसैंको आशा’ योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटर खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिन्छ । त्यसैगरी ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्छन् । त्यस्तै, बम्पर उपहारका रूपमा हरेक साता एकजनाले जित्न सक्ने आरआर ३१० टीभीएसकै सबैभन्दा महँगो मोटरसाइकल हो । हरेक साता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले टीभीएसको वेबसाइटमा गएर फारम भर्नुपर्नेछ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिष्टर गर्न सक्नेछन् भने आरआर ३१० जित्ने अवसर पाउनेछन् ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टु ह्विलर्सका लागि एकमात्र आधिकारिक विक्रेता हो । नेपालभर यसका सय भन्दा बढी सेल्स, सर्भिस र स्पेयर्स डिलर छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...