जेसीबीका हेभी उपकरण किन्न माछापुच्छ्रे बैंकले सहज फाइनान्सिङ गर्ने

काठमाडौं – नेपालका लागि जेसीबी निर्माण तथा हेभी उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर सहज फाइनान्सिङका लागि माछापुच्छ्रे बैंक लिमिटेडसँग सहमति गरेको छ ।

एमएडब्लु अर्थमुभर्सको तर्फबाट अध्यक्ष विष्णु कुमार अग्रवाल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

‘यो सहमतिले हाम्रा ग्राहकलाई सहज फाइनान्सिङमा सहयोग गर्ने विश्वास हामीले लिएका छौं । नेपालभर माछापुच्छ्रे बैंकका १६० वटा शाखाहरु छन् । यसले निर्माण कार्यमा संलग्न देशभरका ग्राहकलाई जेसीबीको फाइनान्सिङ गर्न सहज गर्ने छ ।’ एमएडब्लु अर्थमुभर्सका भाइस प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत गोपाल कुमार अग्रवालले भने, ‘अहिलेसम्म हामीले ७ वटा बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरिसकेका छौं ।’

त्यसैगरी एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले जेसीबीको केन्द्रमा सधैं आफ्नो ग्राहकवर्ग रहने बताए । ‘यो नयाँ सम्झौताले हाम्रा आदरणीय ग्राहकलाई सहज बनाउनुका साथै देश विकासमा पनि मद्दत पु¥याउनेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘हामी हेभी उपकरणको क्षेत्रमा विश्वासिलो ब्रान्ड हौं र त्यसैले त नेपालको अर्थमुभिङ तथा निर्माण उपकरणमा हाम्रो बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।’

जेसीबीका निर्माण उपकरण नेपाली बजारमा लोकप्रिय छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...