लुयानको एक्सचेन्ज अफर सुरु, पुरानो बाइकमा १५ हजार अतिरिक्त मूल्यांकन पाइने

काठमाडौं– लुयान स्कुटरको नेपालका लागी आधिकारिक वितरक जेरो इमिसन राइड एनले आजदेखि लागुहुने गरी ‘लुयान एक्सचेन्ज अफर’ सँचालनमा ल्याएको छ । लुयानका कुनै पनि मोडेलका विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै यो अफर सँचालनमा ल्याइएको हो ।

विद्युतीय सवारीसाधन खरिद गर्न चाहने तर आफुसँग भएको पुरानो बाइक वा स्कुटरलाई कता बेच्ने भन्ने समस्या भएका ग्राहकलाई यो अफरले सहज बनाउने कम्पनीको भनाई छ ।

ग्राहकसंग भएको पुरानो बाइकमा १५ हजार अतिरिक्त मूल्यांकनको साथै नयाँ स्कुटर खरिद गर्ने ग्राहकलाई चालु आर्थिक बर्षको कर तथा एउटा प्रिमियम हेलमेट निःशुल्क दिने कम्पनीले जनाएको छ । स्किम लुयानको सम्पूर्ण शोरुम तथा डिलरहरुमा लागु हुनेछ ।

कम्पनीका अनुसार लुयान ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुन्छ । यसका साथै लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको हुन्छ । टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटर सम्म चलाउँदा पनि रिम र टायरमा असर पर्दैन ।

सम्बन्धित समाचारहरू

लुयानले ल्यायो प्रि-मनसुन अफर, एस ७० प्रो किन्दा ३० हजार छुट

लुयानले ल्यायो प्रि-मनसुन अफर, एस ७० प्रो किन्दा ३० हजार छुट

काठमाडौं–लुयान स्कुटरको नेपालका लागि आधिकारिक वितरक जिरो इमिसन राइड एनले...

स्कुटरमा प्रयोग हुने ब्याट्रीको आयु कति हुन्छ ? बिग्रिएमा के गर्ने ? फेर्न परेमा कति पैसा लाग्छ ?

स्कुटरमा प्रयोग हुने ब्याट्रीको आयु कति हुन्छ ? बिग्रिएमा के गर्ने ? फेर्न परेमा कति पैसा लाग्छ ?

ब्याट्री प्रायः तीन खालका हुन्छन्, लिथियम आयोन (यसलाई NMC भनिन्छ), लिथियम...

संघाई अटो शोमा होन्डाले देखायो ३ नयाँ इभी

संघाई अटो शोमा होन्डाले देखायो ३ नयाँ इभी

होन्डाले चीनमा जारी संघाई अटो शोमा ३ वटा नयाँ इलेक्ट्रिक कार प्रदर्शनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...