वर्षको अन्तिम महिनामा लन्च हुने सूचीमा सामेल छन् यी एसयूभी
२०२४ सकिनै लागेको छ तर नयाँ कारहरू लन्च गर्ने प्रक्रिया अझै रोकिएको छैन ।...
लुयान इलेक्ट्रिक स्कुटरले होली अफर सञ्चालन गरेको छ । नेपालीहरुको उल्लासमय पर्व होलीको उपलक्ष्यमा कम्पनीले नगद छुट सहित अन्य सुविधा सहितको होली अफर सञ्चालन गरेको जनाएको छ ।
जस अन्तर्गत लुयान इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले नगद १५ हजार छुट पाउनुको साथसाथै केही एसेसरिज निःशुल्क पाउनेछन् । यसका साथै एउटा प्रिमियम हेलमेट, रेनकोट, बाइक कभर ग्राहकले पाउनेछन् ।
कम्पनीका सेल्स तथा मार्केटिङ हेड शंकर शर्माद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार लुयान स्कुटर खरिद गर्ने ग्राहकले सधैं झैं चालु आर्थिक बर्षको कर, ६ पटकसम्म निःशुल्क सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टमा वारेन्टी पाउन सक्नेछन् ।
यसका साथै कम्पनीले एक्सचेन्ज तथा फाइनान्सको समेत सुविधा रहेको जनाएको छ । कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान सकिने व्यवस्था समेत रहेको विज्ञप्तिमा जनाइएको छ ।
यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाडौं लगायत कम्पनीका अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिने बताइएको छ ।
लुयान ब्रान्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुने कम्पनीले दावी गरेको छ ।
लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको हुन्छ । टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटर सम्म चलाउँदा पनि रिम र टायरमा असर पर्दैन ।
लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै ब्याट्री चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ लगायत अत्याधुनिक प्रविधियुक्त कम्पोनेन्ट तथा फङसनहरुको प्रयोग भएको हुनाले पनि विश्वबजारमा जस्तै नेपालमा पनि यसको विश्वास बढ्दै गइरहेको देखिएको छ ।
लुयान इलेक्ट्रिक स्कुटरको नेपालकोे आधिकारिक वितरक जीरो इमिसन राइड एनले जनाए अनुसार नेपालमा भएका इलेक्टिक स्कुटर मध्ये सबैभन्दा बढी सर्भिस सेन्टर लुयानको रहेको छ । यसका काठमाडौं उपत्यकामा मात्र ७ स्थानमा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् ।
२०२४ सकिनै लागेको छ तर नयाँ कारहरू लन्च गर्ने प्रक्रिया अझै रोकिएको छैन ।...
काठमाडौं– चेरी अन्तर्गतको प्रिमियम ईभी ब्रान्ड जेको नेपाल आउने भएको छ ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले विभिन्र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...