थप रेन्ज र पावर सहितको ‘दिपल एस०७एल’ नेपाल भित्रिदै, यसै साता सार्वजनिक हुने
काठमाडौं – नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले आफ्नो सफल...
लुयान इलेक्ट्रिक स्कुटर ब्रान्डले पुस महिनाको अन्त्यसम्म चल्ने विन्टर एक्सचेन्ज अफर घोषणा गरेको छ। यो विशेष अफरले ग्राहकहरूलाई आफ्नो पुरानो पेट्रोल वा इलेक्ट्रिक दुईपांग्रे सवारीसाधनलाई स्मार्ट, हरित र प्रभावकारी नयाँ लुयान इलेक्ट्रिक स्कुटरमा परिवर्तन गर्ने अवसर प्रदान गरेको छ।
सो अफर मार्फत कम्पनीले इलेक्ट्रिक सवारीसाधनलाई अझ सुलभ बनाउने र वातावरणमैत्री यात्रा प्रोत्साहित गर्ने लक्ष्य राखेको छ । सो अफरमा कम्पनीले रु. १० हजार सम्मको छुटको व्यवस्था पनि गरेको छ । ग्राहकहरुले उक्त अफरमा हेल्मेट, स्कुटर कभर जस्ता निःशुल्क उपहार पनि पाउन सकिन्छ । कम बजेट भएका ग्राहकहरुलाई कम डाउनपेमेन्ट र ब्याज दरसहितको ईएमआई सुविधा पनि प्रदान गरेको छ ।
लुयान इलेक्ट्रिक स्कुटरहरू आकर्षक डिजाइन, आधुनिक प्रविधि र भरपर्दो प्रदर्शनका लागि प्रख्यात छन्। उच्च माइलेज, शक्तिशाली मोटर र दीर्घकालीन ब्याट्रीको साथ, लुयान स्कुटरहरू दैनिक यात्रा र लामो यात्राका लागि उत्तम विकल्प भएको कम्पनीले जनाएको छ ।
"विन्टर एक्सचेन्ज अफरले दिगो र आधुनिक यात्रा समाधानलाई ग्राहकहरूसम्म अझ नजिक बनाउने प्रयास गरेको छ। यो इलेक्ट्रिक सवारीसाधनमा परिवर्तन गर्न उपयुक्त समय हो," लुयान नेपालका सेल्स हेड, शंकर शर्माले भने ।
सो अफरका लागि नजिकैको लुयानको आधिकारिक शोरूममा आफ्नो पुरानो दुईपांग्रे सवारीसाधन र आवश्यक कागजातहरू लिएर जान सकिन्छ । टोलीले एक्सचेन्ज प्रक्रिया सजिलो बनाउन र नयाँ लुयान इलेक्ट्रिक स्कुटरमा अपग्रेड गर्न सहयोग गर्नेछ।
काठमाडौं – नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले आफ्नो सफल...
पोखरा बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ गत शनिबार पोखरामा सार्वजनिक...
हुन्डाई अयोनिक ५ ले वेलायतमा यो वर्षको ‘कार अफ दि इयर’ अवार्ड पाएको छ । सन्...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...