एक्सचेन्जमा जोड दिदै ईभी बिक्रेता, धमाधम पुराना गाडीसँग नयाँ इलेक्ट्रिक गाडी साटिदै
नयाँ इलेक्ट्रिक गाडी नेपाली बजारमा धमाधम भित्रिरहेका छन् । यसबाट नेपाली...
काठमाडौं– लुयानले नेपाल ल्याएको नयाँ इलेक्ट्रिक स्कुटर एस–७० प्रोमा ग्राहकले २ दिनका लागि विशेष छुट पाउने भएका छन् । नेपालका लागी आधिकारिक वितरक जेरो एमिसन राइड एनले भोली अर्थात नोभेम्वर २३ (थ्यांक्स गिभिङ डे) र पर्सी(ब्ल्याक फ्राइडे) को अवसरमा ३० हजार नगद छुट दिने योजना ल्याएको हो ।
लुयानको गैह्रीधारास्थित शोरुमबाट एस–७० प्रो खरिद गर्दा नगद छुटको साथै १ वर्षको रोड ट्याक्स र आकर्षक हेल्मेट समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । अन्तराष्ट्रिय प्रचलनलाई अनुसरण गर्दै कम्पनीले यी दुई दिनमा बिशेष छुट दिने योजना ल्याएको हो । स्कुटरको मूल्य १ लाख ९८ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीले हालसालै नेपाल ल्याएको सो नयाँ स्कुटरमा २.२ किलोवाटको लिक्वड कुल्ड हव मोटर दिएको छ । साथै यसमा ९६ भोल्ट २३ एम्पियरको ग्राफिन ब्याट्री पाउन सकिन्छ । सो ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ७० देखी ८० किलोमिटरसम्म रेन्ज पाउन सकिने दावी गरिएको छ । स्कुटरको चार्ज साइकल ८०० रहेको छ ।
लुयान एस–७० प्रोको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने यसमा डिआरएल सहितको प्रोजेक्टर हेडलाइट, एलइडी डिस्प्ले, एनएफसी सेन्सर किलेस इन्ट्री र एन्टि थेप्ट सिस्टम लगायत फिचर पाउन सकिन्छ । यसको ग्राउन्ड क्लिरियन्स १३५ एमएम र ह्विलवेश १३०० एमएम रहेको छ ।
नयाँ इलेक्ट्रिक गाडी नेपाली बजारमा धमाधम भित्रिरहेका छन् । यसबाट नेपाली...
जिपको पहिलो फुल इलेक्ट्रिक मोडल अर्को वर्षको पहिलो ६ महिना भित्रै बजारमा...
टाटा मोटर्स इलेक्ट्रिक सवारी साधनको निर्माणमा तीव्रता दिन प्रयासरत छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...