शाओलिनका दुई मोडलका इलेक्ट्रिक बस नेपाली बजारमा आउँदै, मूल्य १ करोड २९ लाख ९९ हजार
चिनियाँ बस निर्माता कम्पनी हेनान शाओलिन बस कम्पनीका दुई मोडलका इलेक्ट्रिक...
लुयान ब्रान्डको इलेक्ट्रिक स्कुटरले काठमाडौं, भक्तपुर र ललितपुरमा ७ ठाउँमा सर्भिस सेन्टर सञ्चालनमा आएको जनाएको छ ।
चीनमा करिब २७ बर्ष पहिले लुयान ब्रान्डले इलेक्ट्रिक स्कुटर उत्पादन शुरु गरेको हो । नेपालमा जीरो इमिसन राइड एनले लुयानको स्कुटर बेच्न थालेको पनि ५ बर्ष भएको छ ।
यो समयअवधिमा नेपालमा लुयानले सयौं इलेक्ट्रिक स्कुटरहरु बेचिसकेको छ । जसका लागि आवश्यक स्पेयर पार्ट्स सँगसँगै सर्भिस सेन्टरको पनि राम्रो व्यवस्था गरेको बताएको छ ।
काठमाडौं उपत्यका बाहेकका अन्य प्रमुख शहरहरुमा पनि लुयानको सर्भिस सेन्टर सहितका शोरुमहरु सञ्चालनमा रहेका छन् ।
सवारीसाधनमा बिक्रीपछिको सेवा महत्वपुर्ण हुने हुनाले यस्तो व्यवस्था मिलाइएको जीरो इमिसनका निर्देशक दुर्वास नगरकोटीले बताए । उनका अनुसार काठमाडौं उपत्यकाका ७ वटै सर्भिस सेन्टर मध्ये ग्राहकहरुले आफुलाई पायक पर्ने सर्भिस सेन्टरबाट स्कुटरको सर्भिस तथा मर्मतको सेवा लिन सक्नेछन् ।
निर्देशक नगरकोटीका अनुसार ती सातवटै सर्भिस सेन्टरमा चार्जिङ सुविधा पनि रहेकाले आवश्यक परेको खण्डमा ग्राहकहरुले आफ्ना स्कुटरहरु चार्ज समेत गर्न सक्नेछन् ।
हाल नेपालमा खुलेका विभिन्न इलेक्ट्रिक स्कुटरको ब्रान्डहरुमध्ये लुयान धेरैले रुचाइएको ब्रान्ड बन्न सफल भएको कम्पनीको दावी छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...