लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच व्यापारिक सहकार्य

काठमाडौं - लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता बमोजिम पश्चिम नेपाल बस व्यवसायी प्रालीमा आबद्ध व्यवसायीहरु र यसमा आबद्ध बसमा नेपाल भर यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् । यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रा.ली.मा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ तीन महिनामा भित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन् ।

सम्झौता पत्रमा लुम्बिनी केबलकार लिमिटेडको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका गोल पार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको पाल्पाको वसन्तपुरमा टप स्टेसन रहेको छ । केबलकारको टप स्टेसनमा नेपालको एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर रहेको छ ।

केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पश्चिम नेपाल बस व्यवसायी प्रा।ली। नेपालको पुरानो र ठुलो मध्येको एक व्यावसायिक संस्था हो । यस प्रा.ली.मा हाल दुई हजार ३ सय भन्दा बढी बसहरू सञ्चालनमा रहेका छन् ।

यस प्रा.ली.ले साधारण यात्रुवाहक बसदेखि आधुनिक सुविधा सम्पन्न बसहरूका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि बसहरू सञ्चालन गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

ट्रायम्फले ल्यायो स्पिड ट्रिपल १२०० आरएक्स, यस्तो छ मूल्य र बिशेषता

ट्रायम्फले ल्यायो स्पिड ट्रिपल १२०० आरएक्स, यस्तो छ मूल्य र बिशेषता

ट्रायम्फ मोटरसाइकलले भारतमा आफ्नो नयाँ स्पिड ट्रिपल १२०० आरएक्स लिमिटेड...

अब ड्राइभिङ लाइसेन्सको अवधि १० वर्ष, हट्याे ५ वर्षे नियम

अब ड्राइभिङ लाइसेन्सको अवधि १० वर्ष, हट्याे ५ वर्षे नियम

काठमाडौं – सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को अवधि...

कार वास गर्दा यी ६ भागमा क्षति हुनबाट जोगाउन यसरी दिनुस् विशेष ध्यान

कार वास गर्दा यी ६ भागमा क्षति हुनबाट जोगाउन यसरी दिनुस् विशेष ध्यान

हालको समयमा कारमा धेरै उत्कृष्ट र प्रिमियम फिचर उपलब्ध हुन थालेको छ । यी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...