प्रिमियम फिचर र ५०५ किमी रेन्जसहित लिपमोटरको नयाँ विद्युतीय एसयूभी सार्बजनिक
काठमाडौं–लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले...
अमेरिकी इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी लुसिड मोटर्सले आफ्नो अत्याधुनिक प्रविधियुक्त इलेक्ट्रिक कार लुसिड एयर ग्रान्ड टुरिङ मार्फत पुनः एकपटक विश्वलाई चकित पारेको छ । कम्पनीको उक्त कारले हालै गिनिज वर्ल्ड रेकर्ड कायम गर्न सफल भएको छ ।
लुसिड एयर ग्रान्ड टुरिङले स्विट्जरल्याण्डको सेन्ट मोरिट्जदेखि जर्मनीको म्युनिखसम्मको यात्रामा एक पटकको चार्जमा कुल १२०५ किलोमिटर दूरी तय गरेको छ । सो दूरी कम्पनीको दाबी गरेको भन्दा पनि धेरै हो ।
सो परीक्षण कुनै प्रयोगशाला वा विशेष परिस्थितिमा नभई वास्तविक सडकमार्गमा गरिएको थियो । यात्राका क्रममा यसले पहाडी इलाकाबाट लिएर जर्मनीको उच्च गतिका लागि प्रसिद्ध अटोबान मार्गसम्म सहज गतिमा यात्रा सम्पन्न गरेको थियो ।
लुसिड एयर ग्रान्ड टुरिङ पहिले पनि चर्चामा आएको थियो । सन् २०२४ मा यस कारले एक पटकको चार्जमा नौवटा देश पार गर्दै लामो दूरीको यात्रा पूरा गरिसकेको थियो । तर यो पटकको नयाँ कीर्तिमान अझ विशेष मानिन्छ ।
कम्पनीका अनुसार लुसिड एयर ग्रान्ड टुरिङमा प्रयोग गरिएको इलेक्ट्रिक सिस्टम अत्यन्तै उच्च स्तरको छ । कम्पनीले यसको रेन्ज ९६० किलोमिटर दाबी गरेको छ, जसले ८३१ पीएस पावर उत्पादन गर्न सक्छ । यसको टप स्पिड २७० किलोमिटर प्रतिघण्टा हो भने, १६ मिनेटको चार्जिङमा ४०० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ ।
यसको उच्च-भोल्टेज सिस्टम र स्मार्ट ब्याट्री व्यवस्थापन प्रविधिका कारण सो कार लामो दूरी र छिटो चार्जिङको हिसाबले बजारमा उपलब्ध अन्य सबै इलेक्ट्रिक कारभन्दा अगाडि देखिन्छ ।
लुसिड मोटर्सको स्वामित्व हाल साउदी अरेबियाको सार्वजनिक लगानी कोषमा छ, जसको कम्पनीमा लगभग ६० प्रतिशत हिस्सा रहेको छ । कम्पनीले साउदी अरेबियाको किङ अब्दुल्लाह आर्थिक शहरमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय उत्पादन इकाई सञ्चालनमा ल्याइसकेको छ । साथै, साउदी सरकारसँगको सम्झौता अनुसार आगामी १० वर्षमा कम्पनीले १ लाख सवारी साधन आपूर्ति गर्ने लक्ष्य लिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...