लुसिड एयरको इलेक्ट्रिक कारले सिंगल चार्जमा ८३० किमी रेन्ज प्रदान गर्ने घोषणा

अमेरिकी इलेक्ट्रिक कार कम्पनी लुसिडले पहिलो लक्जरी इलेक्ट्रिक सेडान कार एयर ड्रिम एडिसन सार्वजनिक गरेको छ । यो अमेरिकामा सबैभन्दा लामो रेन्जको इलेक्ट्रिक कार हो ।

कम्पनीका अनुसार सो कारले सिंगल चार्जमा लगभग ८३० किमीको रेन्ज प्रदान गर्नेछ । कारको यो रेन्ज अमेरिकी पर्यावरण संरक्षण एजेन्सी (इलेक्ट्रिक वाहनको आधिकारिक रेन्ज प्रमाणित गर्ने निकाय) द्वारा प्रमाणित गरिएको हो । यो ६५१ किमी रेन्ज भएको टेस्ला मोडेल एस लङको रेन्ज भन्दा लगभग २०० किमी बढी रहेको छ ।

लुसिड मोटरका सीईओ र टेस्ला मोडलका एस सेडानका पूर्व मुख्य इन्जिनियर पिटर राउलिन्सनले एयर ड्रिम एडिसनको आधिकारिक रेन्ज कुनै पनि इलेक्ट्रिक सवारीको लागि नयाँ रेकर्ड भएको जानकारी दिएका छन् । लुसिड एयर ड्रिम एडिसनको आधिकारिक रेन्जको रिलिज पछि कम्पनीको शेयरमा पनि उछाल देखिएको छ ।

लुसिड एयर ड्रिम एडिसन २ भेरिएन्ट रेन्ज र परफर्मेन्समा उपलब्ध रहेको छ । पर्यावरण संरक्षण एजेन्सी (ईपीए) द्वारा घोषित ८३६ किलोमिटर रेन्ज कम्पनीको ड्रिम एडिसन रेन्ज भेरिएन्टमा उपलब्ध रहेको छ । जसमा १९ इन्चको ह्वीलले सुसज्जित छ । त्यस्तै गरी १९ इन्चको ह्वीलको साथमा लुसिड एयर ड्रिम एडिसन परफर्मेन्स भेरिएन्ट ७५८ किलोमिटरको रेन्ज प्रदान गर्छ । यी दुबै भेरिएन्टमा २१ इन्च ह्वीलको विकल्प रहेको छ ।

कम्पनीको योजना ५०० भन्दा कम एयर ड्रिम एडिसन इलेक्ट्रिक लक्जरी सेडान बनाउनु हो । यस इलेक्ट्रिक कारको मूल्य करिव २ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । यसमा ग्रान्ड टुरिङ भर्सन पनि हुनेछ र त्यसमा पनि लगभग ८३० किलोमिटरको रेन्ज उपलब्ध हुनेछ । दोस्रो भेरिएन्टको उत्पादन यस वर्षमा सुरू हुनेछ र यसको मूल्य १ करोड ६० लाख रुपैयाँ भन्दा थोरै बढी हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेटा भी आजदेखि बजारमा, ग्राउन्ड क्लियरेन्स र मूल्यमा ईभी पारखीको चासो

नेटा भी आजदेखि बजारमा, ग्राउन्ड क्लियरेन्स र मूल्यमा ईभी पारखीको चासो

सीजी मोटर्सले आजदेखि नेटा भी नेपाली बजारमा उपलब्ध गराउने भएको छ । केही दिन...

३० प्रतिशत डाउनपेमेन्टमै रिभोल्ट बाइक किन्न पाइने

३० प्रतिशत डाउनपेमेन्टमै रिभोल्ट बाइक किन्न पाइने

रिभोल्ट मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमभी दुगड ग्रुपले नाइमा...

राष्ट्रिय राजमार्गलाई समेट्ने गरी थप ४२४ वटा चार्जिङ स्टेशन निर्माण हुने

राष्ट्रिय राजमार्गलाई समेट्ने गरी थप ४२४ वटा चार्जिङ स्टेशन निर्माण हुने

काठमाडौं–सरकारले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग र महत्वलाई ध्यानमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...