एक लिटर म्याक लुव्रिकेन्ट्स किन्दा एक लिटर पेट्रोल निशूल्क
म्याक लुव्रिकेन्ट्सको नेपालका लागी आधिकारिक विक्रेता सिप्रद्धि ट्रेडिङ...
नेपाली बजारमा रहेका विभिन्न लुब्रिकेन्ट ब्रान्डको भीडमा दुई ब्रान्ड लुब्रेक्स र युनिपेट्रोको फरक पहिचान कायम छ । अधिकांश लुब्रिकेन्ट ब्रान्डको मुख्य कार्यालय काठमाडौं रहेको समयमा यी दुई ब्रान्डका वितरकले भने बुटवलमा मुख्य कार्यालय राखेर कारोबार गरिरहेका छन् ।
लुब्रेक्स एक प्रिमियम ब्रान्डको लुब्रिकेन्ट हो । विगत ६ वर्ष देखि युनिपेट्रो इनर्जीले नेपालमा यसको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ । यही कम्पनीले युनिपेट्रो लुब्रिकेन्ट पनि नेपाली बजारमा उपलब्ध गराइरहेको छ ।
निकट भविष्यमै टायर, ब्याट्री र हेल्मेट लगायतका विभिन्न पार्ट्स तथा एसेसरिज समेत उपलब्ध गराउने सम्पूर्ण तयारी पुरा भएको कम्पनीको भनाइ छ ।
विगत केही समय देखि लुब्रिकेन्ट बजार सिथिल भए पनि हाल लुब्रेक्स र युनिपेट्रो दुवै लुब्रिकेन्टको डिलर विस्तार कार्य भइरहेको छ । हाल लुब्रेक्सका देशभर २५ डिलर र ६ सय काउन्टरबाट बिक्री–वितरण भइरहेको युनिपेट्रो इन्डष्ट्रिज प्रालिका जनरल म्यानेजर पुरुषोत्तम पौडेलले बताए ।
लुब्रेक्सले फोर ह्विलर अर्थात कार सेगमेन्टमा निकै नै प्रतिस्पर्धात्मक रुपमा व्यवसाय गरिरहेको छ । यो सेगमेन्टमा १२ सय एमएलको २०डब्ल्यु५० सबैभन्दा बढी प्रचलित छ । यो १५० सीसी भन्दा बढी क्षमताका बाइकमा प्रयोग हुन्छ । नेपाली बजारमा ८०० एमएलको स्कुटी आयल देखि २.५ लिटर क्षमता सम्मका इन्जिन आयल उपलब्ध छन् । डिजेल सेगमेन्टमा १ लिटर देखि २० लिटर सम्मको प्याकमा सबै क्षमताका गाडीका लागि उपयुक्त लुब्रिकेन्ट छ ।
युनिपेट्रो पनि विभिन्न फरक साइज र क्षमतामा उपलब्ध छन् । ग्राहकको रोजाइ अनुसारका लुब्रिकेन्ट कम्पनीले उपलब्ध गराउदै आएको छ । प्रिमियम ब्रान्ड खोज्नेका लागि लुब्रेक्स र अन्यका लागि युनिपेट्रो ब्रान्ड उपयुक्त हुने पौडेलको भनाइ छ ।
मेकानिक्स र ग्राहकसँग सुमधुर सम्बन्ध राख्नका लागि विभिन्न प्रकारका गतिविधि समेत भइरहेका छन् । केही दिन पहिले धरानको श्री गणेश इन्टरप्राइजेजको आयोजनामा बुलेट राइड कार्यक्रम सम्पन्न भएको छ । केही समयमा थ्री ह्विलरका लागि कार्यक्रम हुँदैछ भने देशभर मेकानिक्सहरुका लागि अन्य कार्यक्रम समेत आयोजना हुनेछ ।
दुबईमा उत्पादन हुने लुब्रेक्स र भारतमा उत्पादन हुने युनिपेट्रोको वितरक युनिपेट्रो इनर्जी प्रालिको मुख्य कार्यालय बुटवलमा रहेको छ ।
म्याक लुव्रिकेन्ट्सको नेपालका लागी आधिकारिक विक्रेता सिप्रद्धि ट्रेडिङ...
इन्जिन आयल गाडीका लागि धेरै महत्वपूर्ण हुन्छ । इन्जिन आयलले इन्जिनलाई...
काठमाडौं–टोटल इनर्जीजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्यूब...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...