२०२४ मा यी कम्पनीले लन्च गर्दैछन् कम मूल्यका इलेक्ट्रिक कार

इलेक्ट्रिक सवारीसाधनको युग सुरु भएको छ । सन् २०२४ मा धेरै नयाँ इलेक्ट्रिक एसयूभीहरू लन्च हुन सक्ने अनुमान गरिएको छ ।

इलेक्ट्रिक एसयूभीमा टाटा मोटर्सले यो वर्ष ह्यारियरको ईभी भर्सन लन्च गर्न सक्ने सम्भावना छ । यसको रेन्ज लगभग ५०० किलोमिटरसम्म हुन सक्छ । मारुती सुजुकीले वागनआरको इलेक्ट्रिक भेरिएन्ट ल्याउने अनुमान गरिएको थियो, तर यसको लागि भने केही समय प्रतीक्षा गर्नुपर्नेछ ।

मारुती सुजुकीले पनि यो वर्ष ईभीएक्स इलेक्ट्रिक एसयूभी लन्च गर्न सक्ने अनुमान गरिएको छ । यसको रेन्ज पनि ५०० किलोमिटरसम्म हुन सक्छ । सो एसयूभीले हुन्डाई क्रेटाको इलेक्ट्रिक भर्सनसँग प्रतिस्पर्धा गर्नेछ ।

महिन्द्राले २०२३ मा इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको थियो । सो एसयूभी नयाँ वर्षमा लन्च गर्न सक्ने अनुमान गरिएको छ ।

बीवाइडीको सिल पनि यसै वर्ष आउनेछ, जसको रेन्ज ७०० किलोमिटरसम्म हुन सक्छ । लक्जरी सेगमेन्टमा मर्सिडीज, बीएमडब्ल्यू, औडी, भल्वो जस्ता कम्पनीहरूले पनि यो वर्ष लक्जरी इलेक्ट्रिक एसयूभी लन्च गर्ने सम्भावना छ ।

कम लागतको इलेक्ट्रिक एसयूभीमा टाटा मोटर्सले पन्चको इलेक्ट्रिक भर्सन लन्च गर्न सक्ने सम्भावना रहेको छ । यसको रेन्ज ३०० देखि ३५० किलोमिटर हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन ईमास ७ : सुरक्षित र दिगो इलेक्ट्रिक एसयुभी

नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन ईमास ७ : सुरक्षित र दिगो इलेक्ट्रिक एसयुभी

काठमाडौँ– प्रोटोन ईमास ७ नेपाली बजारमा उपलब्ध एक लोकप्रिय इलेक्ट्रिक...

टेस्ला चढ्ने लोकेश ओलीले किने दिपल एस०७

टेस्ला चढ्ने लोकेश ओलीले किने दिपल एस०७

नेपालको ईभी क्षेत्रका चर्चित व्यक्तित्व लोकेश ओलीले आफ्नो ईभी कलेक्सनमा...

५९० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार लन्च, ५.७ सेकेन्डमा १०० किमी सम्मको स्पिड

५९० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार लन्च, ५.७ सेकेन्डमा १०० किमी सम्मको स्पिड

बीएमडब्ल्यु इन्डियाले भारतमा आई४ अल इलेक्ट्रिक सेडान कार लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...