केन्ट आरओ खरिद गर्दा होन्डा डियो स्कुटर जित्ने मौका
काठमाडौं – केन्ट आरओको नेपालका लागि आधिकारिक बिक्रेता ईओएल प्रालिले नयाँ...
नेपाली बजारमा दर्जनौ ब्रान्डका लुब्रिकेन्ट उपलब्ध छन् । लुब्रिकेन्ट बजारमा तीव्र प्रतिस्पर्धा छ । कतिपय अवस्थामा अस्वस्थ प्रतिस्पर्धा छ । यस्तो अवस्थामा समेत नेपाल र भारतको सीमा जोडिएका बजारमा भने अवैधानिक रुपमा भारतबाट भित्रिएका लुब्रिकेन्टले बजार कब्जा गरेको छ ।
लुब्रिकेन्ट व्यवसायीहरु यसरी भन्सार छलेर ल्याइएका लुब्रिकेन्टको कारण आफूहरुको व्यवसायमा असर पुगेको बताउँछन् । यो वर्ष कोभिड महामारीका कारण पनि व्यवसायीहरुले आफ्नो ब्रान्डको लुब्रिकेन्ट कतिपय अवस्थामा माग अनुसार उपलब्ध गराउन सकेनन् । त्यसकारण पनि यस्ता गलत धन्दा मौलाउन सहयोग पुगेको बताइएको छ ।
क्यास्ट्रोलको आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जितका अनुसार लकडाउनको अवस्थामा नेपालमा खपत हुने लुब्रिकेन्टको मात्रा अनुमान गर्न नसक्दा पर्याप्त मात्रामा लुब्रिकेन्ट उपलब्ध भएन । अर्डर गरे पश्चात भारतीय बजारमा लुब्रिकेन्ट आउन करिब १५/२० दिन मात्र लाग्ने, तर नेपालमा भने ७० देखि ८० दिन लाग्ने भएकोले पनि समयमा लुब्रिकेन्ट उपलब्ध हुन सकेन ।
त्यसैगरी लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक बेस आयल पर्याप्त नहुनु र नेपाली बजारमा ल्याउनका लागि आवश्यक कन्टेनरको अभावमा समयमा भन्सार सम्म पुग्न पनि सकेन । यस्ता विविध कारणले गर्दा नेपाली बजारमा लुब्रिकेन्टको अभाव भयो । यो अवस्थामा सीमा क्षेत्रमा भारतीय बजारबाट भन्सार छलेर ब्रान्डेड वा नन–ब्रान्डेड एवं गुणस्तरहीन लुब्रिकेन्ट भित्रिने क्रम चलिरह्यो ।
मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सका बिजनेस हेड पुरुषोत्तम पौडेलका अनुसार सस्तो मूल्यका लुब्रिकेन्टलाई खासै असर नपरे पनि प्रिमियम ब्रान्डलाई यसले ठूलो असर पु¥याएको छ । भन्सार नतिरेर लुकिछिपी नेपाली सीमानाका बजारमा पु¥याइएका यस्ता लुब्रिकेन्टले सवारी साधनमा असर पुग्ने मात्र होइन, देशको राजस्वमा समेत गम्भीर क्षति पुगेको छ ।
झोला वा कार्टुनमा लुकाएर भित्र्याइने यस्ता लुब्रिकेन्टका कारण म्याक, मोटुल, एचपी, क्यास्ट्रोल, सर्वो आदि प्रिमियम ब्रान्डलाई विशेष असर पुगेको छ ।
लुब्रिकेन्ट्स एक प्रकारको चिल्लो अर्थात तेलीय पदार्थ हो । यसका आफ्नै गुणहरु हुन्छन् । लुब्रिकेन्ट्स बिभिन्न प्रकारका हुन्छन जसमध्ये इन्जिनमा प्रयोग हुने लुब्रिकेन्ट्सलाई इन्जिन आयल अर्थात इन्जिन लुव्रिकेन्ट्स भनिन्छ ।
इन्जिन आयलले चिप्लो पार्ने, खिया लाग्नबाट जोगाउने, अक्साइड नबनाउने, इन्जिनभित्र जम्मा हुने कार्वन तत्वलाई सफा गर्ने र घर्षणका समायमा उच्च ताप र चाप खपी इन्जिनको आयु बढाउने जस्ता काम गर्छ ।
मिनरल र सिन्थेटिक गरी लुब्रिकेन्ट्स दुई प्रकारका हुन्छन् । मिनरल आयलमा ९० प्रतिशतसम्म खनिज आयल र १० प्रतिशत हाराहारी एडिटिभ्स लगायत अन्य पदार्थ हुन्छन् भने सिन्थेटिकमा बेस अयाल अर्थात मुख्य आयलका रुपमा पोलिओलेफिनस र इस्टर लगायत अन्य पदार्थ प्रयोग गरिन्छन् । मिनरलको तुलनामा सिन्थेटिक आयलको प्रयोग लामो समयसम्म गर्न सकिन्छ ।
काठमाडौं – केन्ट आरओको नेपालका लागि आधिकारिक बिक्रेता ईओएल प्रालिले नयाँ...
काठमाडौं – नेपाल ल्युब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको...
काठमाडौं – नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...