जी मोटर्स हुँदै जी ईभीमा फड्को : नाडा अटो शोमा ल्याउँदै छ जी ईभीले सर्बाधिक रेन्जको ईभी

काठमाडौं – आगामी भाद्र २६ देखि ३१ सम्म काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने नाडा अटो शो २०२३ मा एउटा नयाँ इलेक्ट्रिक चार पांग्रे ब्रान्डले पहिलो पटक भाग लिदैछ । सबै गरी १६ ब्रान्डले भाग लिने भनिएकोमा एउटा ब्रान्ड जी ईभी पनि छ ।

जी ईभीको नाम सार्वजनिक हुनासाथ धेरैले यसको वारेमा चासो गरेका छन् । नयाँ नाम भएको र पहिले कतै नसुनिएको यो नाम कहाँको हो र कुन ब्रान्डको सवारी साधन आउने हो भन्ने वारेमा पनि धेरैले चासो राखे । यद्यपि एउटा नयाँ ब्रान्डको इलेक्ट्रिक सवारी साधन नेपाली बजारमा भित्रिने र नाडा अटो शोमा सार्वजनिक हुने चर्चा मात्र हाल सम्म सार्वजनिक भएको छ ।

पछिल्लो समयमा जी ईभी भनेको हाल अटोमोबाइल बजारमा प्रचलित जी मोटर्सकै अर्को नाम हो भन्ने तथ्य सार्वजनिक भएको छ । जी मोटर्सले एउटा नयाँ ब्रान्डको इलेक्ट्रिक सवारी साधन सार्वजनिक गर्दैछ भन्ने तथ्य सार्वजनिक भएको छ । सो मिड प्रिमियम सेगमेन्टको इलेक्ट्रिक कारले हाल नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार मध्ये सबैभन्दा धेरै रेन्ज दिने चर्चा समेत चलेको छ ।

नेपाली बजारमा जी मोटर्स एक प्रचलित नाम पनि हो । अब जी मोटर्सबाट विकसित हुँदै जी ईभीले नयाँ इलेक्ट्रिक सवारी साधन नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।

विगत १६ वर्ष देखि अटोमोबाइल व्यवसायमा कार्यरत युवा व्यवसायी कैलाश बाबु गेलालले सञ्चालन गरेको जी मोटर्सले पछिल्लो समयमा रेनो र वुलिङ ब्रान्डका सवारी साधनको डिलरको रुपमा कार्य गरिरहेको छ । काठमाडौं उपत्यकाका साथै इटहरीमा जी मोटर्सको शोरुम छ । त्यसैगरी इटहरीमा कियाको समेत शोरुम सञ्चालन गरेको छ ।

यद्यपि जी ईभीले ल्याउने इलेक्ट्रिक कारको वारेमा भने कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । अटो शोकै अवसरमा यसको वारेमा सबै जानकारी सार्वजनिक गरिने बताइएको छ ।

सम्बन्धित समाचारहरू

ग्लोबल प्योर इलेक्ट्रिक भेइकलमा लिडर बन्दै बीवाईडी, ४ लाख युनिटले पछि प-यो टेस्ला

ग्लोबल प्योर इलेक्ट्रिक भेइकलमा लिडर बन्दै बीवाईडी, ४ लाख युनिटले पछि प-यो टेस्ला

चिनियाँ सवारी साधन निर्माता कम्पनी बीवाईडीले ग्लोबल प्योर इलेक्ट्रिक...

बीवाईडी सिल रुचाउने ग्राहकको रोजाइ : लक्जरी, पावर एवं पर्फमेन्स र उच्च रेन्ज

बीवाईडी सिल रुचाउने ग्राहकको रोजाइ : लक्जरी, पावर एवं पर्फमेन्स र उच्च रेन्ज

बीवाईडीको नयाँ इलेक्ट्रिक सेडान सिलले अहिले नेपाली बजारमा निकै चर्चा...

चिनियाँ ब्रान्डसँग प्रतिस्पर्धा गर्न पेरोडुवाको नयाँ रणनीतिः आफ्टर सेल्स र रिसेल भ्यालुमा केन्द्रित

चिनियाँ ब्रान्डसँग प्रतिस्पर्धा गर्न पेरोडुवाको नयाँ रणनीतिः आफ्टर सेल्स र रिसेल भ्यालुमा केन्द्रित

मलेसियाको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी पेरोडुवाले आफ्ना ईभी फेरि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...