फुल चार्जमा ४८० किमि रेन्ज दिने विश्वको पहिलो इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य र फिचर

भारतमा राफ्ट मोटर्सले सबै इलेक्ट्रिक स्कुटरहरुलाई पछाडि छोडेर नयाँ कीर्तिमान स्थापित गरेको छ । कम्पनीको नयाँ स्कुटर बढी रेन्ज प्रदान गर्ने संसारको पहिलो इलेक्ट्रिक स्कुटर भएको दावी गरिएको छ ।

राफ्ट मोटर्स टु ह्वील निर्माता कम्पनी हो । कम्पनीले इलेक्ट्रिक स्कुटरको क्षेत्रमा नयाँ रेकर्ड बनाएको छ । राफ्ट मोटर्सले हालै इन्डस एनएक्स इलेक्ट्रिक स्कुटर बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीले धनतरेसका दिन विश्वभर यो स्कुटर लन्च गर्ने जानकारी ट्विटरमार्फत दिएको छ ।

सो इलेक्ट्रिक स्कुटरले फुल चार्जमा ४८० किमीको दूरी तय गर्न सक्छ । साथै सो इलेक्ट्रिक स्कुटरमा नयाँ फिचर समावेश गरिएको छ । सो इलेक्ट्रिक स्कुटरमा एक लाख किमीको वारेण्टी र डबल ब्याट्रीको विकल्प प्रदान गरिएको छ ।

राफ्ट मोटर्सले नयाँ इलेक्ट्रिक स्कुटर तीन भेरिएन्टमा लन्च गरेको छ जसमा इन्ट्रि लेभल, मिड रेन्ज र टप भेरिएन्ट समावेश रहेको छ । इन्ट्रि लेभल मोडलमा ४८भी ६५एएचको रिमुभेबल लिथियम आयोन ब्याट्री समावेश गरेको छ । यसको ब्याट्री स्कुटरबाट हटाएर चार्ज गर्न सकिन्छ । यसको ब्याट्री फुल चार्जमा १५६ किमीको रेन्ज दिने क्षमता रहेको छ । इन्डस एनएक्स इन्ट्रि लेभल भेरिएन्टको मूल्य १ लाख १८ हजार ५०० भारु एक्स–शोरूम तोकिएको छ ।

इन्डस एनएक्स मिड रेन्ज भेरिएन्टमा कम्पनीले ४८भी १३५ एएचको फिक्स्ड ब्याट्री प्याक समावेश गरेको छ । यसको ब्याट्री स्कुटरबाट हटाएर चार्ज गर्न सकिदैन । यसको ब्याट्री फुल चार्जमा ३२४ किमीको दूरी तय गर्ने क्षमताको रहेको छ । मुम्बईमा यो भेरिएन्टको एक्स शोरूम मूल्य १ लाख ९१ हजार ९७६ भारु रहेको छ ।

इन्डस एनएक्सको टप भेरिएन्टमा कम्पनीले डुअल ब्याट्री प्याकको विकल्प दिएको छ । जसको ९.६ केडब्ल्युएचको क्षमता रहेको छ । फुल चार्जमा यो स्कुटरले ४८० किलोमिटर भन्दा धेरै रेन्ज प्रदान गर्छ । यसको एक्स शोरूम मूल्य २ लाख ५७ हजार ४३१ भारु तोकिएको छ ।

इन्डस एनएक्स स्कुटरमा रिभर्स गियर, थेफ्ट अलार्म, किलेस–स्टार्ट, रिमोट–लकिङ, स्टाइलिस डिस्क ब्रेक र चाइल्ड सेफ पार्किङ मोड जस्ता एड्भान्स फिचर उपलब्ध रहेको छ । चार्जिङको लागि स्कुटरमा १० एम्पियरको फास्ट चार्जिङ समावेश गरेको छ ।

राफ्ट मोटर्सको भारतमा ५५० भन्दा बढी शहरमा डिलरशिप उपलब्ध रहेको छ । कम्पनीले मार्च २०२२ सम्म भारतको हरेक जिल्लामा र मार्च २०२३ सम्म विश्वको हरेक देशमा डिलरशिप खोल्ने योजना रहेको जानकारी दिएको छ । राफ्ट मोटर्सले हालै एन्ड्रोइडमा आधारित स्मार्ट टिभी र हाई–फाई कराओके साउन्ड सिस्टम पनि लन्च गरेको छ ।

सम्बन्धित समाचारहरू

नायिका बेनिसा हमालको रोजाईमा ओमोडा ई५ ईभी

नायिका बेनिसा हमालको रोजाईमा ओमोडा ई५ ईभी

काठमाडौं – नायिक बेनिसा हमालले ओमोडा ई५ ईभी रोजेकी छिन् । नेपालका लागि...

अमेरिकी कम्पनीले हाइड्रोजनबाट चल्ने स्कुटर भारतमा लन्च गर्ने

अमेरिकी कम्पनीले हाइड्रोजनबाट चल्ने स्कुटर भारतमा लन्च गर्ने

अमेरिकाको सवारी साधन निर्माता कम्पनी ट्राइटनले भारतमा छिट्टै हाइड्रोजन...

कम्पनीले भन्यो, ‘विद्युतको तार सर्टका कारण एमजी जेडएस ईभीमा आगलागी’

कम्पनीले भन्यो, ‘विद्युतको तार सर्टका कारण एमजी जेडएस ईभीमा आगलागी’

काठमाडौं – हाल चर्चामा रहेको एमजी जेडएस ईभी आगलागीको कारण सर्ट सर्किट भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...