काठमाडौंबाट भित्रिने र बाहिरिने लामो दूरीका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन हुने

काठमाडौं - काठमाडौंबाट भित्रिने र बाहिरिने लामो दूरीका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन हुने भएका छन। शुक्रबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले एक बसपार्क नीति कार्यान्वयन प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो।

यसपछि गोंगबुस्थित नयाँ बसपार्कबाहेक अन्यत्र ठाउँमा यात्रु चढाउन र ओराल्न पाइने छैन। महानगरका अनुसार काठमाडौंमा दैनिक करिब सात सय संख्यामा सवारीसाधन प्रवेश गर्छन्। यही संख्यामा बाहिरिन्छन्। नयाँ बसपार्कको ७५० वटा सवारीसाधन व्यवस्थापन गर्ने क्षमता छ। बसपार्कमा लगाइने शुल्क अध्ययन गर्न महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको छ।

समितिको सदस्यमा महानगर प्रहरी बलका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपत्यका, ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, बसपार्क सञ्चालक कम्पनी ल्होत्से बहुउद्देश्यीय प्रा।लि। र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि सदस्य छन्।

बैठकले महानगरभित्रका अवैध टिकट काउन्टर हटाउने निर्णय पनि गरेको छ। अहिले गौशाला, चाबहिल, सुन्धारा लगायत विभिन्न ठाउँमा लामो दूरीमा चल्ने सवारीसाधनका टिकट काउन्टर छन्।

बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौं, सार्वजनिक यातायात केन्द्रीय महासंघ, अरनिको यातायात, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत साझेदार कार्यालय तथा संघ संस्थाका प्रतिनिधि उपस्थित थिए।

सम्बन्धित समाचारहरू

देशभर सवारी साधनमा क्षति, अटो हबको रुपमा परिचित थापाथलीका शोरुममा आगलागी

देशभर सवारी साधनमा क्षति, अटो हबको रुपमा परिचित थापाथलीका शोरुममा आगलागी

काठमाडौं – देशभरका विभिन्न स्थानमा भएका आन्दोलनको क्रममा अटोमोबाइल...

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

काठमाडौं – कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी...

बुटवल-तानसेन सडकखण्ड आजदेखि दैनिक ९ घण्टा बन्द हुने

बुटवल-तानसेन सडकखण्ड आजदेखि दैनिक ९ घण्टा बन्द हुने

काठमाडाैं – सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड आज साेमबारदेखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...