३०० किलोमिटर रेन्ज, टिएफटी डिस्प्ले र क्रुज कन्ट्रोल समेत भएको इलेक्ट्रिक स्कुटर लन्च

चाइनिज इभी मेकर हर्विनले एसके३ इलेक्ट्रिक स्कटरको २०२२ मोडल लन्च गरेको छ । लामो रेन्ज दिने यो स्कुटरमा कनेक्टिभिटी फिचर्स र युटिलिटी सहतिको बुट स्पेस उपलब्ध गराइएको छ । यो स्कुटरमा ७२ भोल्ट ३६ एम्पियर आवर क्षमताको ट्विन व्याट्री प्याक जडान गरिएको छ । जसमध्ये सिंगल व्याट्रिले १६० र दुइवटै व्याट्रीलाई फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज प्राप्त गर्न सकिने दाबी गरिएको छ ।

यो स्कुटरमा ३.१ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जसको अधिकतम पावर ६.३ किलोवाट रहेको छ भने यसलाई ९० किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिन्छ । यसमा फुल कलर टिएफटी डिस्प्ले, व्लुटुथ कनेक्टिभिटी, किलेस पावर सिस्टम र क्रुज कन्ट्रोल जस्ता आधुनिक फिचर्स समेत उपलब्ध गराइएको छ ।

सार्प एन्ड मस्कुलर वडी प्यानलले प्रिमियम लुक्स दिएको यो स्कुटरमा ट्विन विम एलइडी हेडल्याम्प, ठूलो विन्डस्क्रिन र एलोई ह्विल्स दिइएको छ । चीन सहित युरोपियन बजारमा कारोबार हुँदै आइरहेको यो स्कुटर छिट्टै भारतीय बजार सहित अन्य एसियाली मुलकमा समेत उपलब्ध हुन सक्ने अनुमान लगाइएको छ ।

सम्बन्धित समाचारहरू

नाडा अध्यक्ष करण चौधरीले भने – अटो व्यवसायीलाई व्यवसायमा टिकाउनु नै अहिलेको प्रमुख चुनौती

नाडा अध्यक्ष करण चौधरीले भने – अटो व्यवसायीलाई व्यवसायमा टिकाउनु नै अहिलेको प्रमुख चुनौती

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले...

बीवाईडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक

बीवाईडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक

चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले एक करोड ४० लाख गाडी उत्पादन गरेको छ ।...

नेपाल भित्रिए एलएस अटोका २ नयाँ ईभी

नेपाल भित्रिए एलएस अटोका २ नयाँ ईभी

काठमाडौं – एलएस अटोका नयाँ मोडलका दुई ईभी नेपाल भित्रिएका छन् । नेपालको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...