भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्वजनिक
भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्बजनिक भएको छ । महिन्द्रा...
नेपालको ईभी क्षेत्रका चर्चित व्यक्तित्व लोकेश ओलीले आफ्नो ईभी कलेक्सनमा दिपल एस०७ थपेका छन् । उनीसँग विशेषगरी टेस्ला मोडल वाईलगायतका ईभी छन् । सुरुवातीदेखि हाई–एन्ड ईभीसम्मको गहण समीक्षा गर्ने उनलाई इलेक्ट्रिक सवारीसाधनप्रतिको अटुट लगावका कारण ‘बिजुली दाई’ पनि भन्ने गरिन्छ ।
ईभीमा निकै लामो अनुभव र समालोचनात्मक दृष्टिकोण भएका ओलीले दिपल एस०७ लाई आफ्नो भावी कारका रुपमा छनोट गरेका हुन् । टेस्ला मोडल वाई पछि दिपल एस०७ लाई चयन गरेका ओलीले दिपल छान्नुका पछाडि धेरै कारण भएको बताए ।
‘पहिलो कुरा त यो इलेक्ट्रिक हो जुन हरित यातायातलाई प्रबद्र्धन गर्ने मेरो प्रतिबद्धतासँग मेल खान्छ । दोस्रो कारण यो चांगानको प्रिमियम ईभी सबब्रान्ड हो,’ उनले भने, ‘चांगान चीनको सबैभन्दा पुरानो अटोमेकर भए पनि रिसर्चमा सबैभन्दा धेरै पैसा खर्च गर्ने कम्पनी हो जसका कारण दिपल जस्तो ईभी बनाउन सकेको छ ।’
‘यसमा रियर ह्विल ड्राइभ, एचयुडी, सनफ्लावर टचस्क्रिन र चार वटा ड्राइभिङ मोड लगायत धेरै फिचर छन् जसले यसलाई बजारमा उपलब्ध अन्य ईभीभन्दा अब्बल बनाएको छ,’ उनले अगाडि भने, ‘डिजाइन, टेक्नोलोजी र पर्फमेन्सका कारण दिपल नेपाली परिवेशमा राम्रो हुने ठानेर मैले रिभ्यु गर्दा नै यो गाडी लिने निर्णय गरेको थिएँ ।’
ईभीमा ओलीको विस्तृत समीक्षा र विचारले ईभी ग्राहकले सही जानकारी पाउनुका साथै नेपालमा इलेक्ट्रिक मोबिलिटी कल्चरलाई पनि नयाँ उचाइमा पुर्याएको छ । उनका रिभ्यु भिडियोहरु युट्युब लगायतका सामाजिक सञ्जालमा निकै रुचाइन्छ ।
भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्बजनिक भएको छ । महिन्द्रा...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले...
इलेक्ट्रिक सवारी साधनको लोकप्रियता तीव्र गतिमा बढिरहेका बेला, चार्जिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...