हार्ले डेभिडसनका सबै इलेक्ट्रिक मोटरसाइकल अब लाइभवायर ब्रान्डमा आउने, भर्चुअल हेडअफिस हुने

क्रुजर बाइकका लागि अन्तर्राष्ट्रिय बजारमा प्रचलित अमेरिकी कम्पनी हार्ले डेभिडसनले आफ्नो नयाँ अल इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड ‘लाइभवायर’ लन्च गरेको छ । विश्व बजारमा बढिरहेको इलेक्ट्रिक सवारी साधन बजारमा पकड कायम राख्नका लागि हार्लेले नयाँ ब्रान्ड लन्च गरेको हो । अब आगामी दिनमा आउने हार्लेका सबै इलेक्ट्रिक मोटरसाइकल लाइभवायर ब्रान्ड अन्तर्गत लन्च हुनेछन् ।

हार्ले डेभिडसनले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको नाम पनि लाइभवायर राखेको थियो । यही नामबाटै नयाँ ब्रान्डको नाम राखिएको छ । कम्पनीले सन् २०१९ मा सो मोटरसाइकल प्रदर्शन गरेको थियो । अब लाइभवायर ब्रान्ड अन्तर्गतको पहिलो माटरसाइकल भने आगामी जुलाइमा लन्च गर्ने तयारी भइरहेको बताइएको छ ।

हार्लेले इलेक्ट्रिक मोटरसाइकलका लागि अलग्गै ब्रान्ड ल्याउने घोषणा गत फेब्रुअरीमै गरेको थियो । युवा पुस्तालाई ध्यानमा राखेर र पर्यावरण संरक्षण गर्ने उद्देश्यका साथ कम्पनीले यो कदम चालेको बताइएको छ ।

हार्लेका सीईओ जोचेन जित्जले इलेक्ट्रिक भेइकल बजारमा नेतृत्व प्रदान गर्न र यसलाई परिभाषित गर्ने अवसरलाई स्वीकार गरेर लाइभवायरमा नयाँ प्रविधिको प्रयोग गर्ने समेत बताएका छन् ।

लाइभवायरको भर्चुअल हेड अफिस हुनेछ । यद्यपि यसको डिलरसिप भने हुनेछ । ्रग्राहकले डिजिटल तरिकाका साथै डिलरसिपको माध्यमबाट समेत लाइभवायरका मोटरसाइकल खरिद गर्न सक्ने छन् ।

सम्बन्धित समाचारहरू

टेस्लाले रकेट इन्जिन भएको इलेक्ट्रिक रोडस्टर ल्याउँदै, अर्को वर्षदेखि डेलिभरी गर्ने

टेस्लाले रकेट इन्जिन भएको इलेक्ट्रिक रोडस्टर ल्याउँदै, अर्को वर्षदेखि डेलिभरी गर्ने

टेस्लाको सबैभन्दा पावरफुल कार रोडस्टर सुपरकारको निकै चर्चा चलिरहेको छ ।...

एमजी मोटर इन्डियाले गर्दैछ २ इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारी

एमजी मोटर इन्डियाले गर्दैछ २ इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारी

एमजी मोटर इन्डियाले गत वर्ष फेस्टिभ सिजनमा आफ्नो मिड साइज एसयूभी एस्टर...

थ्रीरो र ७ सिट भएको मर्सिडिज बेन्जको पहिलो लक्जरी इलेक्ट्रिक एसयूभी

थ्रीरो र ७ सिट भएको मर्सिडिज बेन्जको पहिलो लक्जरी इलेक्ट्रिक एसयूभी

मर्सिडिज बेन्जले लक्जरी इलेक्ट्रिक सवारी साधनमा आफ्नो लाइनअप विस्तार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...