लिपमोटर सी१० अब नेपालगन्जमा पनि

साङ्ग्रिला मोटर्सले लिपमोटरको प्रमुख मोडल सी१० गाडीलाई नेपालगन्जमा भव्य समारोहसहित सार्वजनिक गरेको छ। आधिकारिक डिलरशिपद्वारा आयोजना गरिएको उक्त कार्यक्रम मार्फत नेपालका इलेक्ट्रिक गाडी बजारको परिवर्तनमा लिपमोटरको प्रतिबद्धता व्यक्त गरिएको कम्पनीकाे भनाइ छ ।

उक्त कार्यक्रम पुस १५  गते सिद्धार्थ होटेलमा शुभ लाभ इन्टरप्राइजेज, नेपालगन्जले आयोजना गरेको थियो । कार्यक्रममा पाँच वटा लिपमोटर सी१० गाडीहरू ग्राहकहरूलाई आधिकारिक रूपमा हस्तान्तरण गरिएको थियो ।

आकर्षक डिजाइन र आधुनिक  प्रविधिका लागि प्रसिद्ध लिपमोटर सी१० अब नेपालगन्जका ग्राहकहरूको लागि उपलब्ध हुनेछ र बुकिङ समेत आधिकारिक रूपमा खोलिएकाे छ।

सो मोडल वातावरणमैत्री ग्राहकहरूको लागि डिजाइन गरिएको छ, जसले परिष्कृत र दिगो भविष्यलाई सोचेर बनाइएको छ। यसको अत्याधुनिक सुविधाहरू र आकर्षक डिजाइनले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्नेछ, जुन इलेक्ट्रिक सवारीमै आफ्नो भविष्य सजाउनेहरूको अत्यन्तै राम्रो छ।

साङ्ग्रिला मोटर्स नेपालको प्रतिष्ठित घराना गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध छ। सो कम्पनी २०१७ देखि प्यूजो, २०२१ देखि सिट्रोन र हाल लिपमोटरको एक मात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ। अर्गनाइजेसन नेपालमा विश्व स्तरीय मोटर ब्रान्डहरू ल्याउन र नेपालीहरुलाई विश्व स्तरको सुविधा प्रदान गर्नको लागि सधैं प्रतिबद्ध छ।

यो माइलस्टोन नेपालमा इलेक्ट्रिक गाडीहरूको बढ्दो माग र साङ्ग्रिला मोटर्सको विश्व स्तरीय विद्युतीय सवारीको  सेवा, सुविधा प्रदान गर्ने प्रतिबद्धता अनुरुप छ।

नेपालगन्जका ग्राहकहरूका लागि लिपमोटर सी१० अब शुभ लाभ इन्टरप्राइजेज, नेपालगन्ज आधिकारिक डिलरशिपमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

याडिया भेलाक्समा सीमित स्टक अफर, ४० हजार कम मूल्यमा स्कुटर

याडिया भेलाक्समा सीमित स्टक अफर, ४० हजार कम मूल्यमा स्कुटर

काठमाडौं – लगातार ८ वर्षसम्म विश्वको नम्बर १ इलेक्ट्रिक दुईपांग्रे...

१ हजार किलोमिटर वढी रेन्ज दिने मर्सिडिजको भिजन इक्यूएक्सएक्स

१ हजार किलोमिटर वढी रेन्ज दिने मर्सिडिजको भिजन इक्यूएक्सएक्स

मर्सिडिज वेन्जले भविष्यमा आधारित इभी कन्सेप्ट भिजन इक्यूएक्सएक्सलाई...

अटो शोमा सार्वजनिक भयो टियागो ईभी, मूल्य २२ लाखदेखी शुरु

अटो शोमा सार्वजनिक भयो टियागो ईभी, मूल्य २२ लाखदेखी शुरु

काठमाडौं – टाटाको वहुप्रतिक्षित इभी ह्याचब्याक टियागो नाडा अटो शोमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...