होन्डा साइन खरिद गर्दा कपिलबस्तुका इरफानले जिते १० लाख नगद पुरस्कार
काठमाडौं–होन्डा नेपालले दशैं तिहारको अवसरमा ल्याएको फेस्टिभ अफर...
होन्डाले इन्ट्री लेवल क्रसओभर बाइक होन्डा सीबी२००एक्स भारतमा लन्च गरेको छ । यसको मूल्य १ लाख ४४ हजार ५ सय भारु तोकिएको छ । हाल बजारमा प्रचलित हर्नेट १८० भन्दा १४ हजार भारु महंगो छ ।
सीबी२००एक्स एक प्रकारको कम्युटर बाइक हो, जसमा लामो स्टान्स, अपराइट राइडिङ पोजिसन, एड्भेन्चर डिजाइन र ड्युअल स्पोर्ट ब्ल्याक प्याटर्न सहितको टायर दिइएको छ । यसमा स्पोर्टी अन्डरकाउल, अपस्वेप्ट एक्जस्ट, इन्टिग्रेटेड साइड ब्लिंकरसहितको नकल कभर समेत छ ।
बाइकमा गोल्डेन कलरको अपसाइड डाउन फ्रन्ट फोर्क्स, फुल डिजिटल एलसीडी डिस्प्ले, एलईडी लाइटिङ सेटअप, इन्जिन स्टप स्विच र हाजार्ड स्विच आदि समेत उपलब्ध छ ।
होन्डाको यो बाइकलाई लाइट एड्भेन्चर मोडल भनिएको छ । पहिले अनुमान गरिए जस्तो यो हर्नेटको अर्को संस्करणको रुपमा आएन । त्यसैगरी होन्डाले केही महिना पहिले पेटेन्ट गरेको एनएक्स२०० ब्याजमा पनि आएन । यो विल्कुलै नयाँ नाममा आएको छ ।
यसमा पावरका लागि १८४ सीसीको सिंगल सिलिन्डर इन्जिन छ, जसले १७ बीएचपी पावर र १६.१ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा ५ स्पिड गियरबक्स छ । होन्डा हर्नेट १८० मा भएकै इन्जिन यसमा प्रयोग गरिएको छ ।
काठमाडौं–होन्डा नेपालले दशैं तिहारको अवसरमा ल्याएको फेस्टिभ अफर...
होन्डाले २०२१ जीआईआईएएस अर्थात गायकिन्डो इन्डोनेसिया इन्टरनेसनल अटो...
काठमाडौं – होन्डाको ७०औं वार्षिकोत्सवको अवसरमा बधाई सहितको एसएमएस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...